बेपत्ता दम्पतीको खोजी सीआइबीले थाल्यो « Khabarhub

बेपत्ता दम्पतीको खोजी सीआइबीले थाल्यो


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको पिपरा गाउँपालिका–५ सहोड्वाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले थालेको छ ।

गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले थालेको हो ।

यसअघि नेपाल प्रहरीको प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेपत्ता दम्पतीको खोजी गरिरहेको बताए पनि पत्ता लाग्न नसकेपछि प्रहरी प्रधान कार्यालयले सिआईबी टोली खटाएको हो । झा दम्पती सुतेको खाटसहितै हराएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) प्रमुख सहकुल थापाले बेपत्ता दम्पतीको खोजीमा टोली परिचालन गरिएको पुष्टि गरे । ब्यूरोका प्रहरी निरीक्षकको कमाण्डको टोली बुधबार नै महोत्तरी पुगेर काम थालेको थापाको भनाइ छ ।

झा दम्पती राति ओछ्यानबाटै बेपत्ता भएको घटनालाई आपराधिक समूहले अपहरण गरेको अड्कल गरिँदै छ । फागुन ११ गते बिहान झा दम्पती हराएको घटना सार्वजनिक भएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक जाँच गर्दा घरकोठाको सङ्घारमा रगतका छिटाजस्तो देखिएपछि हत्या गरिएको हुनसक्नेसम्मको अड्कल गरिएको छ ।

बेपत्ता वृद्ध दम्पतीको प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले खोजी भइरहेको जनाए पनि पत्ता लाग्न नसकेपछि यहाँ सीआइबी टोली खटाइनुपर्ने माग बढेको थियो । लामो समयसम्म बेपत्ता झा दम्पती अवस्था पत्ता लाग्न नसकेपछि खोजी कार्य फितलो भएको गुनासो गर्दै मैथिल ब्राह्मण युवा महासभा प्रदेश २ समितिसहित ४४ सामाजिक सङ्घसंस्थाले सीआइबी टोली परिचालन गर्न प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण गराएका थिए ।

यसअघि बेपत्ता झा दम्पतीको खोजीमा प्रहरीले ५० भन्दा बढीलाई जिल्ला प्रहरी कार्यालय पुर्याएर केरकार गर्दा पनि घटनाबारे खास तथ्य फेला नपरेपछि पिपरा गाउँपालिका क्षेत्रमा त्रास फैलिएको छ । झा दम्पती सुतेको खाटसहितै बेपत्ता पारिएको घटनाको यकिन कुरा आउन नसक्दा झनै बढी रहस्यपूर्ण बनेको छ ।

अहिले सीआइबीले खोजबिन गर्न थालेपछि जिल्लामा घटनाबारे यकिन तथ्य आउने आस भने पलाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ११ : ५२ बजे

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम