ओस्कार मनोनयनमा परेका रिजवानको यस्तो संघर्ष « Khabarhub

ओस्कार मनोनयनमा परेका रिजवानको यस्तो संघर्ष


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– ‘मेरो शरीरमा कुनै पनि किसिमको विस्फोटक पर्दा पत्ता लगाउनका लागि जब उनीहरु अन्डरवेयरमा खोजविन शुरु गर्थे, म प्रायः आफ्नो फिल्मको बारेमा कुरा गर्थे र उनीहरुलाई आफूसँग सेल्फी लिन भन्थें ।’

यो भनाई पाकिस्तानमा जन्मिएका ब्रिटिस अभिनेता रिजवान अहमदको हो । उनलाई मनपराउनेले ‘रिज’ नामले बोलाउछन् ।

रिजवानले पाँच वर्ष अघि अंग्रेजी अखबार गार्जियनमा हवाई अड्डामा उनलाई कसरी केरकार गरियो भन्ने कुरा लेखेका थिए ।
रिजवान यस्तो पहिलो मुसलमान अभिनेता हुन्, जो ‘ओस्कार’मा ‘वेस्ट एक्टर लीड अवार्ड’को विधाको मनोनयनमा परेका छन् ।

बीबीसीमा प्रकाशित समाचारअनुसार रिजवानको यो मनोनयनले हलिउड फिल्ममा मुसलमान अभिनेता कम रहेको र पछिल्ला दशकमा ओस्कारमा उठ्दै आएको अन्य समुदायको पहुँचलाई जवाफ दिएको छ ।

यसअघि अहमदी समुदायको प्रतिनिधित्व गर्दै अस्वेत अभिनेता मेहरशला अलीले सन् २०१६ र सन् २०१८ मा आफ्नो फिल्म ‘मुनलाइट’ र ‘ग्रीन बुक’का लागि ‘बेस्ट सपोर्टिङ एक्टर’को अवार्ड जितेका थिए ।

ओस्कार मनोनयनमा परेपछि रिजवानले एक विज्ञप्ती जारी गर्दै खुशी व्यक्त गरेका छन् । ‘धेरै मानिसहरु यो पलसँग आफूलाई जोड्न चाहन्छन्, किनकी म पहिलो मुसलमान अभिनेता हुँ, जसलाई मनोनयनमा राखिएको छ । केही मानिसहरु ब्रिटिस नागरिकका रुपमा जोडिन चाहन्छन् । केही मानिसहरु पाकिस्तानी मूलको भएकाले नाता र केही लण्डनमा वेम्बलीबाट मेरो सम्बन्धका बारेमा कुरा गर्छन् ।’, उनले विज्ञप्तीमा भनेका छन् ।

फिल्म ‘साउण्ड अफ मेटल’का लागि ओस्कारले उनलाई ‘वेस्ट एक्टर’ विधाको मनोनयनमा राखेको छ । यो खबर सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा उनलाई बधाईको ओहिरो लागेको छ ।

रिजवानका आमाबाबु पाकिस्तानका हुन् । तर उनको जन्म लण्डनमा भएको हो । उनका पिता कराँचीका हुन्, जो ७० को दशकमा ब्रिटेन आएका थिए ।

रिजवान एक अभिनेतासँगै संगीतकार र र्यापर पनि हुन् । जसको एलबम सन् २०२० मा बजारमा आयो । सन् २०२१ मा उनले अमेरिकामा बस्दै आएकी लेखिका फातिमा फरहीन मिर्जासँग विवाह गर्ने बताएका छन् ।

रिजवानले अमेरिका गएपछि अभिनयलाई प्राथमिकतामा राखेका छन् । उनले फिल्म अलग–अलग भूमिका निभाइसकेका छन् । उनले साइन्स फिक्सन सिरिज ‘स्टार वार’मा अभिनय गरिसकेका छन् । फिल्म ‘जेसन बोर्न’मा पनि उनको अभिनय देख्न सकिन्छ ।

उनले आफ्नो करियरको सुरुवात सन् २००१ मा अफगानिस्तानमा छायांकन गरिएको फिल्म ‘द रोड टू ग्वांतानामो’बाट गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १२ : २० बजे

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य