उमेर अनुसार बच्चाको उचाइ बढाउन ध्यान दिनुपर्ने कुरा « Khabarhub

उमेर अनुसार बच्चाको उचाइ बढाउन ध्यान दिनुपर्ने कुरा


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सबै मानिस एकनास हुदैँनन् । कोही अग्लो, कोही होचो, कोही कालो त कोही सेतो हुन्छन् ।

तर कतिपय अवस्थामा उचाइ होचो भएका मानिसहरु आफ्नो शरीरको कदका कारण हीनताबोध गरिरहेका हुन्छन् । तर बालबालिकालाई उमेरमै केही कुरामा ध्यान पुर्‍याउन सकियो भने उचाइ बढाउन केही मद्दत मिल्दछ ।

१. निन्द्रा
उमेर बढ्दै गरेका बालबालिकाको उचाइ बढ्नमा पर्याप्त निन्द्रा आवश्वक हुन्छ । त्यसैले आफ्ना बालबालिका पर्याप्त सुतेका छन् छैनन् त्यसमा ध्यान दिनु पर्दछ । बालबालिकाले १० देखि १२ घन्टा सुत्नु आवश्यक छ । सुत्दा ग्रोथ हार्मोन उत्पादन हुन्छ र उचाइ वृद्धि गर्न सघाउ पुर्‍याउँछ ।

२. खानपान
उचाइ बढ्न अर्काे सबैभन्दा महत्वपुर्ण कुरा भनेको बालबालिकाले खाने खाना पनि हो । बच्चाहरुको खानामा प्रोटिन, आइरन, भिटामिन र क्याल्सियम तत्व पर्याप्त हुनु पर्दछ ।

३. व्यायाम/खेल
बालबालिकाको उचाइ बढ्न व्यायाम वा खेल आवश्यक हुन्छ । खेल भनेको घरबाहिर खेलकुद पर्दछ । तसर्थ उनीहरुलाई बाहिर खेलिने खेलमा प्रोत्साहित गर्नु पर्दछ । साथै स्ट्रेचिङ र ह्यांगिङ अभ्यास पनि गराउनु पर्दछ । यस अलावा दौडने, साइकल चलाउने र पौडी खेल्ने गर्नाले पनि उचाई बढ्छ ।

४. चिया कफिको सेवनबाट टाढा
बालबालिकालाई चिया वा कफी सेवन गर्ने बानीबाट टाढा राख्नु पर्दछ । यी चिजमा क्याफिन हुन्छन्, जसले उनीहरुको वृद्धि हर्मोनमा असर पार्दछ । बरु नियमित ८ गिलासभन्दा बढि पानी पिउने बानी बसालेमा उचाइ बढाउन सहायक हुन्छ ।

५. नियमित उचाइ नाप्ने
आफ्ना बालबालिकाको उमेर अनुसार उचाइ बढेको छ छैन त्यसको नियमित परिक्षण गर्नु पर्दछ । यसकालागी बच्चाको उचाई र तौल घरमा नै नाप्न सकिन्छ । यदि औसत रुपमा बढ्नु पर्ने उचाइ नबढेको पाइएमा यसबारे चिकित्सकको परामर्श लिनु पर्दछ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १२ : २० बजे

दल दर्ता गर्दैमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्न मिल्दैन: शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा राजनीति दलहरू

एकताका विषयमा भएका छलफलबारे रास्वपाको सचिवालय बैठकमा ब्रिफिङ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा एकता तथा सहकार्यका लागि विभिन्न व्यक्ति

१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी

काठमाडौँ- नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः

‘डिजिटल हिंसा पनि हिंसा हो’

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको

सरकारको प्राथमिकता नै निर्वाचन हो: गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले