उमेर अनुसार बच्चाको उचाइ बढाउन ध्यान दिनुपर्ने कुरा « Khabarhub

उमेर अनुसार बच्चाको उचाइ बढाउन ध्यान दिनुपर्ने कुरा


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सबै मानिस एकनास हुदैँनन् । कोही अग्लो, कोही होचो, कोही कालो त कोही सेतो हुन्छन् ।

तर कतिपय अवस्थामा उचाइ होचो भएका मानिसहरु आफ्नो शरीरको कदका कारण हीनताबोध गरिरहेका हुन्छन् । तर बालबालिकालाई उमेरमै केही कुरामा ध्यान पुर्‍याउन सकियो भने उचाइ बढाउन केही मद्दत मिल्दछ ।

१. निन्द्रा
उमेर बढ्दै गरेका बालबालिकाको उचाइ बढ्नमा पर्याप्त निन्द्रा आवश्वक हुन्छ । त्यसैले आफ्ना बालबालिका पर्याप्त सुतेका छन् छैनन् त्यसमा ध्यान दिनु पर्दछ । बालबालिकाले १० देखि १२ घन्टा सुत्नु आवश्यक छ । सुत्दा ग्रोथ हार्मोन उत्पादन हुन्छ र उचाइ वृद्धि गर्न सघाउ पुर्‍याउँछ ।

२. खानपान
उचाइ बढ्न अर्काे सबैभन्दा महत्वपुर्ण कुरा भनेको बालबालिकाले खाने खाना पनि हो । बच्चाहरुको खानामा प्रोटिन, आइरन, भिटामिन र क्याल्सियम तत्व पर्याप्त हुनु पर्दछ ।

३. व्यायाम/खेल
बालबालिकाको उचाइ बढ्न व्यायाम वा खेल आवश्यक हुन्छ । खेल भनेको घरबाहिर खेलकुद पर्दछ । तसर्थ उनीहरुलाई बाहिर खेलिने खेलमा प्रोत्साहित गर्नु पर्दछ । साथै स्ट्रेचिङ र ह्यांगिङ अभ्यास पनि गराउनु पर्दछ । यस अलावा दौडने, साइकल चलाउने र पौडी खेल्ने गर्नाले पनि उचाई बढ्छ ।

४. चिया कफिको सेवनबाट टाढा
बालबालिकालाई चिया वा कफी सेवन गर्ने बानीबाट टाढा राख्नु पर्दछ । यी चिजमा क्याफिन हुन्छन्, जसले उनीहरुको वृद्धि हर्मोनमा असर पार्दछ । बरु नियमित ८ गिलासभन्दा बढि पानी पिउने बानी बसालेमा उचाइ बढाउन सहायक हुन्छ ।

५. नियमित उचाइ नाप्ने
आफ्ना बालबालिकाको उमेर अनुसार उचाइ बढेको छ छैन त्यसको नियमित परिक्षण गर्नु पर्दछ । यसकालागी बच्चाको उचाई र तौल घरमा नै नाप्न सकिन्छ । यदि औसत रुपमा बढ्नु पर्ने उचाइ नबढेको पाइएमा यसबारे चिकित्सकको परामर्श लिनु पर्दछ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १२ : २० बजे

सुकुम्वासी बस्ती खाली गर्ने विषयविरुद्ध रिट दायर

काठमाडौं– काठमाडौंका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती

सेवालाई नवीनतम प्रविधिमा अब्बल बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र मेसिनहरूले मात्र अबको

वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न सरकारलाई पत्रचार

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी आवश्यक व्यवस्थापन

मन्त्रिपरिषद् निर्णय : संसद्को ‘बिजनेस’का लागि अधिवेशन स्थगन

काठमाडौं– मन्त्रिपरिषद् बैठकको विभिन्न मितिमा भएका निर्णयहरू आज पत्रकार सम्मेलनमार्फत

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ