प्रिय व्यक्तिलाई अंकमाल गरौँ, तनाव घटाऔँ « Khabarhub

प्रिय व्यक्तिलाई अंकमाल गरौँ, तनाव घटाऔँ


५ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

आफ्नो प्रिय मानिससँग अंकमाल गर्न कसलाई मन नहोला र ? अंकमालको कल्पना मात्रले पनि मानिसको मनमा एक प्रकारको तरंग उत्पन्न हुन्छ । तर किन हाम्रो जीवनमा अंकमालले यतिधेरै महत्व राख्दछ त ?

कुनै व्यक्तिले कसैलाई अँगालो हाल्दा उसको रगतमा अक्सिटोसिन हार्मोन प्रवाहित हुन थाल्छ । यो हार्मोनले रक्तचाप र तनाव नियन्त्रण गर्न र स्मरणशक्ति बढाउन महत्वपुर्ण मानिन्छ । अझ आफ्नो प्रिय मानिस, प्रेमीप्रेमिका, श्रीमानश्रीमती, सन्तान वा अभिभावकसँग अंकमाल गर्दा यसले दोब्बर रुपमा स्मरणशक्ति बढ्छ । साथै तनाव कम गर्दछ ।

अध्ययनकर्ताका अनुसार, व्यक्तिको सामाजिक व्यवहार निर्धारण गर्न अक्सिटोसिनको अहम् स्थान हुन्छ । यो हार्मोनले व्यक्तिहरु आपसमा घनिष्ठता बढाउँछ । महिलाहरु आमा बन्नु र स्तनपान गराउन सक्षम हुनुमा पनि यो हार्मोनको हात हुन्छ । त्यसैले आमा र शिशुको सम्बन्ध बलियो बनाउनमा पनि यही हार्मोन जिम्मेवार हुन्छ ।

अँगालो मार्नु भनेको माया दर्साउनु हो । कसैले कसैलाई अँगालो हाल्दा एकअर्काप्रति सहानुभूति उत्पन्न हुन्छ । साथै शरीरमा सकारात्मक प्रभाव पर्छ । सकारात्मक प्रभाव परेपछि मस्तिष्क चंगा हुन्छ । र मस्तिष्कले धेरै कुरा सम्झन सक्छ ।

तर एक अर्कालाई नचिन्ने, मन नपर्ने र अँगालोको चाहना नराख्ने व्यक्तिसंग अकंमाल गर्दा भने यसले कुनै पनि प्रभाव पार्दैन । इच्छा बेगर कुनै अपरिचित वा परिचितद्वारा अँगालो मार्दा पनि अक्सिटोसिन हार्मोन सक्रिय हुँदैन । मन नलागी नलागी अँगालो मार्दा उल्टै तनाव चाहिँ बढ्छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  १२ : ५३ बजे

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको