लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान « Khabarhub

लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध तथा दुर्व्यसनीविरुद्ध सचेतना अभियान थालेको छ । लागुऔषध सेवनका कारण कुनै पनि युवाको भविष्य नबिग्रियोस् भन्नका लागि प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतना अभियान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी युवनकुमार चौधरीले जानकारी दिए ।

उनले भने, “प्रहरीको अभियानमा जिल्ला प्रशासन कार्यालय, उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको साथ छ । कार्यालयले समुदायमा सरकारी वकिल कार्यक्रम लिएर लागुऔषधविरुद्ध अभियानसँगै कानूनी ज्ञान प्रदान गरेका छन् ।” प्रहरीले विद्यालय, ट्युशन सेन्टर, समुदाय, टोल र बस्तीसम्मै पुगेर सचेतना गर्न थालेपछि यहाँका स्थानीयवासीमा उत्साहित भएको सूचना अधिकारी चौधरीले बताए ।

सरकारी वकिल कार्यालयले कानूनी ज्ञानसमेत दिएको सूचना अधिकारी चौधरीले भने, “प्रहरी कार्यालय लागुऔषध दुर्व्यसनी, यसले स्वास्थ्य र समाजमा पार्ने नकारात्मक असरबारे सचेत बनाउँछ । सरकारी वकिल कार्यालयले कानूनी ज्ञान दिन्छ । कानूनी ज्ञान र सचेतनासँगसँगै अघि बढाउँदा यो अभियान प्रभावकारी बनेको छ ।”

सरकारी वकिलले मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएका नयाँ कानूनी प्रावधान र जबर्जस्ती करणी कसुरका विषयमा प्रस्तुतिकरण गर्नुका साथै एकापसमा सवाल जवाफका माध्यमबाट विषयमाथि प्रष्ट पार्ने गरेको सूचना अधिकारी चौधरीले बताए ।

जिल्लामा पछिल्लो समयमा लागुऔषध दुर्व्यसनीका क्रियाकलाप बढिरहेकाले सबै मिलेर लागुऔषधविरुद्ध अभियानमा लाग्न जिल्लावासीलाई अनुरोध गरेको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए ।

“सभ्य र असल समाज निर्माण गर्न सबैको सहभागिता अनिवार्य छ”, थापाले भने, “सरकारी वकिल कार्यालयका निमित्त जिल्ला न्यायाधिवक्ता श्यामहरि अधिकारीले मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको नयाँ कानूनी प्रावधान तथा जबर्जस्ती करणी कसुरबारे स्पष्ट पारेका छन् । स्पष्ट कानूनी ज्ञान नहुँदा अहिले आपराधिक क्रियाकलाप बढेको हो ।”

विद्यार्थी, शिक्षकबीचमा सवालजवाफ गरेर स्पष्ट पार्ने प्रयास भएको छ । विद्यार्थी भविष्यका कर्णधार हुन् । देश निर्माण गर्ने कुशल जनशक्तिलाई लागुऔषध दुर्व्यसनीबाट टाढा गर्न गाउँबस्ती टोलमा लागुऔषधविरुद्धको अभियानमा सबै पक्षबाट साथ मिले अन्त्य गर्न सकिने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । प्राविधिक शिक्षालयका प्रिन्सिपल टेकेन्द्र थापाले लागुऔषधविरुद्ध सचेतना र कानूनी ज्ञानका विषयमा सचेतना फैलाउने काम निकै उदाहरणीय रहेको बताए ।

सदरमुकाम खलङ्गामा रहेको कर्णाली प्राविधिक शिक्षालयमा कार्यरत शिक्षक, शिक्षिका र विद्यार्थी तथा चन्दननाथ नगरपालिका–३ का जनप्रतिनिधिलाई समेत सचेतना दिइएको प्रहरी कार्यालयले जनाएको छ । यसअघि उच्च मावि, निमावि र पालिकास्तरमा सचेतनाका क्रियाकलाप भएका थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १ : ०८ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति