कोरोनाको जोखिमले पूँजीगत खर्चमा गिरावट : अर्थ मन्त्रालय « Khabarhub

कोरोनाको जोखिमले पूँजीगत खर्चमा गिरावट : अर्थ मन्त्रालय


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थ मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिमका कारण विकास निर्माणका कार्यले गति लिन नसक्दा अपेक्षित पूँजीगत खर्च हुन नसकेको जनाएको छ ।

मन्त्रालयले अर्थ बुलेटिन सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०७७/७८ को माघ महिनासम्म विकास खर्च न्युन हुनुमा कोभिड-१९ महामारी नै मुख्य कारण भएको बताएको हो ।

अर्थ मन्त्रालयका अनुसार माघ महिनासम्म १७.८ प्रतिशत मात्र पूँजीगत खर्च भएको छ । यस अवधिमा चालु खर्चमा भने ११.२ प्रतिशतको वृद्धि भएपनि पुँजीगत खर्च गत आवको यसै अवधिको तुलनामा १८.७ प्रतिशत कम भएको छ । वित्तीय व्यवस्थामा समेत गत आवको तुलनामा यो वर्ष ३१.७ प्रतिशत कम खर्च भएको छ ।

मन्त्रालयले भनेको छ, ‘खासगरी कोभिड १९ संक्रमणको जोखिमका कारण विकास निर्माणले गति लिन नसकेको कारण पुँजीगत खर्चले अपेक्षित गति लिन सकेको छैन ।’ यसअवधिमा कुल संघीय खर्च भने ३३.८८ प्रतिशत भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १ : ३४ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६