गुटगत भेला गर्नेलाई कारबाही गर्ने एमाले संसदीय दलको निर्णय (भिडियोसहित) « Khabarhub

गुटगत भेला गर्नेलाई कारबाही गर्ने एमाले संसदीय दलको निर्णय (भिडियोसहित)

नेपाल- खनाल सदस्य रहेको संसदीय बोर्ड गठन


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको संस्थापन पक्षको गुटगत भेला गर्ने र त्यस्ता भेलामा जाने सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिए ।

‘बालुवाटारमा सम्पन्न एमाले संसदीय दलको बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र अटेर गर्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको छ ।’ सांसद बस्नतेले भने, ‘पार्टीको निर्देशनबाहेक अन्य निर्देशन नमान्न सांसदहरूलाई सचेत गराउने निर्णय भएको छ ।’

हेरौँ भिडियो

बिहीबारको बैठकमा झलनाथ खनाल–माधवकुमार नेपाल समूहका केही सांसद पनि सहभागी भएको बताइएको छ ।

संसदीय बोर्ड गठन

त्यस्तै बैठकले २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले बैठकमा अनुपस्थित रहेका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालसहित २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको सांसद शेरबहादुर तामाङले जानकारी दिए।

बोर्डको प्रमुखमा दलका नेता ओली छन्। सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ, शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक सदस्य छन् ।

बोर्डका अन्य सदस्यमा प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा र राजेन्द्र राई रहेका छन्।

बैठकले विधान संशोधन कार्यदल गठन गरेको छ । प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा गठित तीन सदस्यीय कार्यदलमा प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य बिमला पौडेल सदस्य छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १ : ५५ बजे

उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई हिरासतमा

मप विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु : कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणमा जोड

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थत मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय

११ दिनमा ३५० विपद्का घटना : २० जनाको को मृत्यु, ६६ जना घाइते  

काठमाडौं– वैशाख १ देखि ११ गतेसम्म देशभर विभिन्न प्रकृतिका विपद्का

साँखुमा गोली चल्यो, तीनजना लागूऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको

थापाथलीको सुकुम्बासी बस्तीमा चहलपहल (तस्बिरहरु)

काठमाडौं- शुक्रबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारमा अवस्थित सुकुम्बासी बस्ती असामान्य