मीना हत्या प्रकरण : चारजनालाई थुनामा राख्न आदेश « Khabarhub

मीना हत्या प्रकरण : चारजनालाई थुनामा राख्न आदेश


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश, ससुरा प्रेम , सासू दुर्गा र उहाँकी बहिनी रम्भा दमाईँलाई पुर्पक्षका लागि थुनामा राख्न आज आदेश दिएको हो ।

गत फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुनसक्ने जनाउँदै प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदातलमा जाहेरी दिएको थियो । अनुसन्धानका क्रममा परिवारका सदस्यलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

बलात्कारी बाबुलाई २५ वर्ष कारागार

छोरी बलात्कार गरेका आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको कारावास सजायँ सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको एकल इजलासले निज विकले बलात्कार गरेको ठहर्‍याई सजायँ सुनाएका हुन् ।

गत असोजमा आफ्नै छोरी बलात्कार गरेको भनी विककी श्रीमतीले दिएको उजूरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । घरमा आमा नभएका समयमा उनले पटकपटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले निज विकलाई कारावास सजायँ सुनाएको बताइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  २ : ३० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी