ब्राडमाथि जोलीले लगाइन् घरेलु हिंसाको आरोप « Khabarhub

ब्राडमाथि जोलीले लगाइन् घरेलु हिंसाको आरोप


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– एकसमय बलिउडको सुन्दर जोडीका रुपमा चिनिएका अभिनेता ब्राड पिट र अभिनेत्री एन्जोलिना जोली अलग भएको पाँच वर्ष पुगेको छ ।

अलग्गिएको पाँच वर्ष पछि जोलीले ब्राडमाथि घरेलु हिंसाको गम्भीर आरोप लगाएकी छन् । नवभारत टाइम्समा प्रकाशित समाचार अनुसार जोलीले अदालतमा घरेलु हिंसाको उजुरीको नयाँ कागजात पेश गरेकी छन् ।

जोलीले अदालतमा सम्बन्धविच्छेदको मुद्धामा सुनुवाई भइरहँदा ब्राडले आफूमाथि घरेलु हिंसा गरेको आरोप लगाएकी छन् । उनले आफूसँग यी कुराको प्रमाण पनि रहेको उल्लेख गरेकी छन् ।

जोलीले गत मार्च १२ मा अदालतसमक्ष आरोपको एक निवेदन दर्ता गराएकी छन् । उनले निवेदनमा अदालतलाई प्रमाणको आवश्यकता परेमा आफूले उपलब्ध गराउने उल्लेख गरेकी छन् ।

उनले अदालतमा बुझाएको कागजातमा यो मामलामा आफूसँगै आफ्नो नाबालिक सन्तानहरु पनि साक्षीका रुपमा तयार रहेको जनाएकी छन् ।

जोली र पिटका ६ बच्चा छन् । जसमा मेडक्स १९ वर्षका, पेक्स १७ वर्षका, जहारा १६ वर्षका, शिलोह १४ वर्षका र दुई जुम्ल्याहा सन्तान नक्स र विवियेन १२ वर्षका छन् ।

यता युएस विकलीले आफ्नो रिपोर्टमा विगत चार वर्षयता जोलीले धेरै कुराको दाबी गरे पनि त्यो दाबी पुष्टि गर्ने कुनै आधार नरहेको जनाएको छ ।

‘एन्जेलिजनाले पहिला पनि बच्चाको माध्यमबाट ब्राड पिटलाई चोट पुर्याउने प्रयास गरिन् । यसपटकको व्यवहार यसैको निरन्तरता हो । ब्राडलाई चोट पुर्‍याउनका लागि उनको चौथो वा पाँचौं सेटको वकिलले यो दस्तावेज सार्वजनिक गरेका हुन्’, समाचारमा लेखिएको छ ।

जोली र पिटले सन् २००४ देखि डेटिङ शुरु गरेका थिए । यो समयमा उनीहरु ‘मिस्टर एण्ड मिसेज स्मिथ’को सुटिङ गरिरहेका थिए । सन् २०१६ मा अलग्गिने निर्णय लिएपनि कानूनी रुपमा उनीहरुको डिभोर्स भइसकेको छैन ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  २ : ५५ बजे

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य