‘मोडल हन्ट नेपाल’मा ६८ प्रतिष्पर्धी « Khabarhub

‘मोडल हन्ट नेपाल’मा ६८ प्रतिष्पर्धी


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मोडलिङ प्रतियोगिता ‘मोडल हन्ट नेपाल सिजन ६’ अर्थात ‘मोडल हन्ट नेपाल २०२१’मा ३५ युवा र ३३ युवती गरी ६८ जना प्रतिष्पर्धी छनोट भएका छन् । प्रतियोगिताको फिनाले चैत १४ मा हुँदैछ ।

प्रतिष्पर्धीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले र्‍याम्प मोडलिङका विविध आयाम र व्याकरणदेखि स्टेज प्रस्तुतिकरणका विषयमा प्रशिक्षण दिइरहेका छन् ।

त्यस्तै माल्भिका सुब्बा, थेन्डुप शेर्पा, सुवर्ण खड्का, सुजन श्रेष्ठ र लुजा मेकअप स्टुडियोले फेसन सजगता, स्टाइलिङ, मेकअपको ज्ञान, संचार कला र बडी ल्याङ्ग्वेज, व्यक्तित्व विकास, फिटनेस, फोटोसुट लगायत विषयमा प्रशिक्षण दिदैछन् ।

रवि धमला र एत्ना पाण्डेको निर्देशनमा सञ्चालन हुने प्रतियोगिताको फिनाले अन्तर्राष्ट्रिय स्तरको रनवे सेटमा सोही अनुरुप सञ्चालन हुनेछ ।

नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको प्रतियोगिताका सहभागी ग्राण्ड फिनालेमा आईसी कलेज अफ आर्ट एण्ड फेसनका विद्यार्थी फेसन डिजाइनहरुसहित इन्टा अटायरका फेसन डिजाइनर इन्टा श्रेष्ठले तयार पारेको सुन्दर र विशिष्ट पहिरनमा र्याम्प नाप्नेछन् ।

प्रतियोगिताका विजेताले कोरियामा हुने ‘एलबीएमए अवार्ड’, गोवामा मे महिनामा आयोजना ‘गोवा फेसन वीक’लगायतका प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ४ : ३० बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर