मेगा बैंक बन्यो एसियाली विकास बैंकको साझेदार बैंक « Khabarhub

मेगा बैंक बन्यो एसियाली विकास बैंकको साझेदार बैंक


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपाल एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको छ । नेपालका ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक एसियाली विकास बैंकको आठौँ साझेदार बैंक बनेको हो ।

दिगो विकास लक्ष्यका अवधारणाहरुलाई पालना गर्दै सदस्य राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरुमार्फत साना, मझौला व्यवसाय तथा उत्पादनमूलक उद्योग, व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले एसियाली विकास बैंकले अन्तरदेशीय व्यापारका लागि ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम ल्याएको छ।

नेपालका साना तथा मझौला व्यवसाय तथा उत्पादनमूलक क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले नै मेगा बैंक र एडीबीको यो साझेदारी भएको बैंकले जनाएको छ।

यो साझेदारीपछि मेगा बैंकमार्फत अन्तर्राष्ट्रिय व्यापार तथा व्यवसाय गर्ने ग्राहकहरुलाई अब कारोबार गर्न सहज हुने जनाइएको छ । सामान आयात तथा निर्यातका लागि प्रतीतपत्र जारी गर्दा एसियाली विकास बैंकले प्रत्याभूतिपत्र (ग्यारेन्टी) दिने काम गर्छ।

जसले नेपालको व्यवसाय प्रवर्द्धन गर्न मद्दत मिल्नुका साथै रोजगारी सिर्जनामा पनि पनि सहयोग मिल्ने विश्वास मेगा बैंकको छ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ३ : ४१ बजे

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका