एमाले नेपाल समूहको स्थायी कमिटी बैठक शुरू « Khabarhub

एमाले नेपाल समूहको स्थायी कमिटी बैठक शुरू


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको नेकपा एमाले नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको बैठक शुरू भएको छ ।

बुधबारदेखि ललितपुरमा शुरू भएको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नुअघि नेताहरु छलफलमा जुटेका हुन् ।

राष्ट्रिय भेलाको समीक्षा गर्दै स्थायी कमिटी बैठकमा आगामी कार्य योजनाबारे छलफल भइरहेको बताइएको छ ।

संस्थापन पक्षले गुटगत भेला गर्ने र त्यस्तो भेलामा जाने सांसदलाई कारबाही गर्ने निर्णय गरेको अवस्थामा नेपाल समूहको स्थायी कमिटी बैठक बसेको हो ।

बिहीबार बसेको नेकपा संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ३ : ४७ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,