प्रधानमन्त्री ओलीलाई ‘राष्ट्रिय भावको गीत’को मनोनयन प्रमाण–पत्र « Khabarhub

प्रधानमन्त्री ओलीलाई ‘राष्ट्रिय भावको गीत’को मनोनयन प्रमाण–पत्र


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्तमान अवस्थामा देशमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेशमै रोजगारीको लागि आफूले विभिन्न पहिल गरिरहेको बताइरहेका छन् ।

यही मेशोमा प्रधानमन्त्री ओलीले लेखेको गीत ‘स्वदेशमै रोजगारी’ सार्वजनिक भयो । अहिले यो गीत इन्टरनेशनल मिडिया नेपाल (पीम नेपाल) ले गर्न लागेको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’ को ‘उत्कृष्ट राष्ट्रिय भावको गीत’को विधाको मनोनयनमा परेको छ ।

केही समय अघि आयोजक पीम नेपालले राजधानीमा ५३ विधाको मनोनयन सार्वजनिक गरेको थियो ।

प्रधानमन्त्री ओलीलाई उनको मनोनयनपत्र प्रधानमन्त्री निवास बालुवाटार पुगेरै आयोजकले दिएका छन् । फिल्मकर्मी मनोज भेटवाल, निर्देशक विश्वदीप घिमिरे र लेखक तथा निर्देशक मोहन निरौला बालुवाटार पुगेर मनोनयनपत्र दिएका हुन् ।

प्रधानमन्त्री ओलीको रचना, किरण क्रियशनको प्रस्तुति, नेता रमेश पौडेलको संयोजनमा तयार गरिएको ‘स्वदेशमै रोजगारी’ गीतमा मेलिना राई र शान्तिराम राईको स्वर तथा शान्तिराम राईकै संगीत रहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ५ : ०० बजे

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको