गोप्य भिडियो बनाई ‘ब्ल्याकमेलिङ’ गरेर रकम असुल्ने दुई महिला पक्राउ « Khabarhub

गोप्य भिडियो बनाई ‘ब्ल्याकमेलिङ’ गरेर रकम असुल्ने दुई महिला पक्राउ


५ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘हनी ट्रयाप’मा फसाई रकम असुल्ने कार्यमा संलग्न दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारको झुठो आरोपमा दोषी ठहर गर्दै सुर्खेत जिल्ला अदालतबाट साढे तीन वर्षको जेल सजाय सुनाइएकी ललिता भन्ने लालसरी शाही र कल्पना हमाललाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका वडा नं. ३२, कोटेश्वर बस्ने पुरुषलाई सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाई कोठमा सँगै बसेको र सँगै बसेको भिडियो गोप्य रुपमा रेकर्ड गरी म्यासेन्जरमार्फत पीडितलाई पठाएर ‘ब्ल्याकमेलिङ’ गरी पटक पटक आईएमईमार्फत लाखौँ रकम असुलेको आरोपमा उनीहरु पक्राउ परेका प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले काठमाडौँको विभिन्न स्थानबाट उनीहरुलाई यही चैत ४ गते (बुधबार) पक्राउ गरेको हो । प्रारम्भिक अुनसन्धान पश्चात थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको छ ।

सुर्खेत जिल्ला विरेन्द्रनगर वडा नं. १० स्थायी ठेगाना भएकी ३७ वर्षीया शाही काठमाडौँ, घट्टेकुलोमा बस्दै आएकी थिइन् भने सोही स्थायी ठेगाना भएकी ३७ वर्षीया हमाल भने कपनमा बस्दै आएकी थिइन् ।

लालसरी शाही २०६६ मंसिरमा राजु धिताललाई अपहरण गरी कर्तव्य गरेको घटनामा बाँके जिल्ला अदालतले १४ जेल सजाय सुनाइएकी अभियुक्त हुन् । सात वर्ष जेल बसेर २०७४ साल मंसिर २२ गते एक लाख रुपैयाँमा धरौटीमा छुटेकी थिइन् ।

यस्तै, शाही र हमाल दुवैले विरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई शर्माविरुद्ध गत असोज ६ गते बलात्कारको जाहेरी दिएका थिए । उक्त जाहेरीलाई झुठो ठहर गर्दै लालसरीविरुद्ध सुर्खेत जिल्ला अदालतले साढे तीन वर्षको जेल सजाय सुनाएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ५ : ११ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया