त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल खेल्न बंगलादेशी टिम काठमाडौँ आइपुग्यो « Khabarhub

त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल खेल्न बंगलादेशी टिम काठमाडौँ आइपुग्यो


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि बंगलादेशी फुटबल टिम काठमाडौँ आइपुगेको छ ।

यही चैत १० गतेबाट शुरू हुने फुटबल प्रतियोगितामा सहभागी हुन बिहीबार बंगलादेशी टिम नेपाल आएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली र कार्य समिति सदस्य रुपेश अधिकारीसहितका एन्फा अधिकारीहरुले बंगलादेशी टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।

त्रिदेशीय मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपालसहित बंगलादेश र किर्गिस्तानले खेल्दै छन् । त्रिपुरेश्वरस्थिति दशरत रंगशालामा चैत १६ गतेसम्म हुने खेलको तयारी अन्तिम चरणमा पुगेको एन्फाले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ६ : ०४ बजे

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले