नेपाल-खनाल पक्षको राष्ट्रिय भेला : फागुन २३ पछिका ओलीका 'एकलौटी निर्णय' अमान्य (भिडियोसहित) | Khabarhub Khabarhub

नेपाल-खनाल पक्षको राष्ट्रिय भेला : फागुन २३ पछिका ओलीका ‘एकलौटी निर्णय’ अमान्य (भिडियोसहित)


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको नेपाल–खनाल पक्षले २०७५ साल जेठ २ गते कायम गरिएका पार्टीको कमिटीलाई सक्रिय बनाउने निष्कर्ष निकालेको छ ।

नेपाल–खनाल पक्षले काठमाडौंमा बुधबार र बिहीबार गरेको राष्ट्रिय भेलाले गत फागुन २३ गतेपछिका एकलौटी निर्णयहरु फिर्ता लिइनुपर्ने र ०७५ जेठ २ गतेको निर्णयमा फर्किनुपर्ने ‘बटमलाइन’ राखेको हो ।

भेलाको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल–खनाल पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयलाई अस्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

‘फागुन २३ पछि भएका एकलौटी निर्णयहरु फिर्ता लिनुपर्छ र जेठ २ गतेको निर्णयमा फर्किनु पर्छ भन्ने हाम्रो बटमलाइन हो ।’ उनले भने, ‘जेठ २ गते जुन केन्द्रीय कमिटी थियो । उक्त केन्द्रीय कमिटी बैठकमा हामी जान तयार छौँ । तर ओलीले बाटा-बाटामा थपेर बनाइएको केन्द्रीय कमिटी बैठकमा जाँदैनौँ ।’

हेरौँ भिडियो

नेपाल खनाल पक्षको भेलाले २०७५ साल जेठ २ मा कायम गरिएका कमिटीहरुलाई सक्रिय बनाउने निर्णय पनि गरेको छ ।

देशभरको पार्टी कमिटी र जनवर्गीय संगठनहरुलाई सक्रिय बनाउने निर्णय भएको जानकारी दिँदै नेता भट्टराईले गाउँ, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको भेलालाई तीव्रता दिने बताए । उनले भने, ‘पार्टीको पुर्नसठनको काम आजैबाट शुरू भएको छ ।’

यो भेलाले नवौँ राष्ट्रिय महाधिवेशनले पास गरेको जनताको बहुदलिय जनवादको नीतिलाई अध्यक्ष केपी शर्मा ओलीले सही ढंगले कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ । उक्त कार्य नीतिलाई कार्यान्वयन गरेर अगाडि बढ्ने भेलाले निर्णय गरेको नेता भट्टराईले बताए ।

यो भेला पार्टी एकताको पक्षमा भएको नेता भट्टराईले दाबी गरे । पार्टी एकताको लागि अन्तिम समयसम्म पनि लचकताका साथ अगाडि बढ्ने बताउँदै उनले पार्टी अध्यक्ष ओलीले चैत ७ गतेका लागि बोलाएको केन्द्रीय कमिटी बैठक गुटको भेला भएको बताए । उक्त बैठकमा आफूहरू नजाने उल्लेख गर्दै उनले ओलीले आफ्नो निर्णय नसच्याए पार्टी भित्रको अन्तर संघर्ष चलिरहने बताए । ‘गलत प्रवृत्ति विरुद्धको संघर्ष चलिरहन्छ ।’ उनले भने, ‘आफूहरुको तर्फबाट पार्टी विभाजनको निर्णय हुँदैन ।’

पार्टीको विधि र निर्देशन नमान्नेलाई कारबाही गर्छु भन्ने पार्टी अध्यक्ष ओलीको भनाइ उदृत गर्दै नेता भट्टराईले भने, ‘कारबाही गर्छु भन्ने तर नगरी किन ढिलाई गरेको आश्चर्य लागेको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिस्ट आन्दोलन र अझै एकीकृत पार्टीको पक्षमा रहेको पनि उनले जिकिर गरे ।

१७ बुँदे प्रस्ताव पारित

नेपाल–खनाल पक्षको राष्ट्रिय भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ । एमाले उपाध्यक्ष भीम रावलले प्रस्तुत गरेको प्रस्ताव परिमार्जनसहित पारित भएको हो । भेलाको दोस्रो दिन बिहीबार उपाध्यक्ष रावलले प्रस्तुत गरेको १७ बुँदे प्रस्ताव १० वटा समूहले समूहगत रुपमा छलफल गरेको र उनीहरुको सुझावलाई समेटेर परिमार्जनसहित परित गरिएको नेता भट्टराईले जानकारी दिए ।

प्रस्तावमा फागुन २८ गते अध्यक्ष ओलीले केन्द्रीय कमिटीको विशेष बैठक भनी गरेको विभिन्न निर्णयलाई अस्वीकार गर्ने उल्लेख छ ।

त्यस्तै, राष्ट्रिय भेलाले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ भने एमाले र माओवादी पार्टी ब्युँताउने फैसलाप्रति असहमति प्रकट गरेको छ ।

भेलामा सहभागी नहुन अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा धम्की दिएको भन्दै भेलाले गुट र सत्ता स्वार्थमा पार्टीको दुरुपयोग नगर्न ओलीलाई आग्रह गरेको छ । त्यस्तै कोरोना महामारीको खोपको भरपर्दो व्यवस्था गर्न पनि माग गरेको छ ।

यी हुन राष्ट्रिय भेलामा पारित १७ बुँदे प्रस्ताव

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ६ : ४७ बजे

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको

आजका समाचार : छानबिन समिति बनाउने सहमतिदेखी पानीमा डुबेर दुई युवाको मृत्युसम्म

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी सहकारी ठगी प्रकरणमा

नासाको ‘सुपरसोनिक एक्स- ५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

काठमाडौं– अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी

काठमाडौं – सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष