१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले नेपाल-खनाल पक्षको राष्ट्रिय भेला (भिडियोसहित) « Khabarhub

१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले नेपाल-खनाल पक्षको राष्ट्रिय भेला (भिडियोसहित)


५ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  १७ बुँदे प्रस्ताव पारित गर्दै नेकपा एमाले ‘नेपाल-खनाल’ समूहको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको छ ।

बुधबारबाट शुरु भएको भेलाले बिहिबार उपाध्यक्ष भीम रावलले पेश गरेको प्रस्ताव पारित गरेको हो । भेलाले एमाले र माओवादीका बीचमा भएको एकीकरण नै खारेज गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असहमति प्रकट गरेको छ ।

हेरौँ भिडियो

भेलाले फागुन २८ गते केपी शर्मा ओली नेतृत्वमा बसेको केन्द्रीय कमिटि बैठकले गरेको निर्णय सच्याउन समेत आग्रह गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कमिटीमा माओवादीका नेताहरुलाई मनोनयन गदै एमालेका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय अस्वीकार गर्ने र देशव्यापी रुपमा भेला आयोजना गर्ने प्रस्ताव समेत नेपाल समूहको भेलाले पारित गरेको छ ।

भेलाको दोस्रो दिन बिहीबार उपाध्यक्ष रावलले प्रस्तुत गरेको १७ बुँदे प्रस्ताव १० वटा समूहले समूहगत रुपमा छलफल गरेको र उनीहरुको सुझावलाई समेटेर परिमार्जनसहित परित गरिएको नेता योगेश भट्टराईले जानकारी दिए ।

यी हुन राष्ट्रिय भेलामा पारित १७ बुँदे प्रस्ताव

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ७ : ०९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको