ओलीविरुद्ध ‘भण्डाफोर’मा लाग्न कार्यकर्तालाई नेता नेपालको निर्देशन « Khabarhub

ओलीविरुद्ध ‘भण्डाफोर’मा लाग्न कार्यकर्तालाई नेता नेपालको निर्देशन


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको उल्लेख गर्दै जस्तोसुकै परिस्थितिको सामना गर्न नेता कार्यकर्तालाई तयार भएर बस्न निर्देशन दिएका छन् ।

नेपाल–खनाल समूहले काठमाडौँमा गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै  नेता नेपालले पार्टीबाट निकाल्न खोजे पनि आफूहरु अन्तिमसम्म लड्न तयार रहेको बताएका हुन् ।

नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध ‘भण्डाफोर गर्न’का लागि आफ्ना कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

ओलीविरुद्धको ‘भण्डाफोर’मा लाग्नुहोस् भन्दै उनले आवश्यक परेको खण्डमा पद त्याग गर्नका लागि पनि तयार रहन समेत निर्देशन दिए ।

‘कारवाही गर्ने कुरामा ओलीलाई सजिलो छैन । जनप्रतिनिधिले पार्टी त्याग गरेर अर्को पार्टीमा गएको खण्डमा मात्रै हटाउन पाउँछन् ।’ उनले भने, ‘नत्र कानूनी रुपमा सक्दैनन् ।’

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ८ : २० बजे

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र