बर्दियामा अर्को नरभक्षी बाघ पनि नियन्त्रणमा लिइयो « Khabarhub

बर्दियामा अर्को नरभक्षी बाघ पनि नियन्त्रणमा लिइयो


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियाको खाता जैविक मार्ग क्षेत्रबाट अर्को नरभक्षी बाघलाई पनि नियन्त्रणमा लिइएको छ।

नेपाल प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले बिहीबार मान्छे खान पल्किएको दास्रो बाघलाई पनि नियन्त्रणमा लिएको हो ।

नरभक्षी दोस्रो बाघलाई पनि नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । जैविक मार्ग क्षेत्रभित्र पर्ने गैरी सामुदायिक वनबाट वयस्क भाले बाघ डार्ट गरी नियन्त्रणमा लिइएको हो ।

बाघलाई प्राविधिकले बेहोस पारी नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बर्दियाका डिभिजन अधिकृत महेन्द्रराज वाग्लेले जानकारी दिए । बुधबार मात्रै बर्दियाको गेरुवा क्षेत्रबाट बर्दिया निकुञ्जको टोलीले एक बुढो भाले पाटेबाघ नियन्त्रणमा लिएको थियो ।

त्यसको भोलिपल्टै मान्छे खान पल्किएको अर्को बाघ पनि नियन्त्रणमा लिइएको हो । मङ्गलबार दिउँसो मात्रै एक महिलालाई बर्दिया राष्ट्रिय निकुञ्जभित्र निगुरो खोज्न जाने क्रममा पाटेबाघले नै आक्रमण गरी ज्यान लिएको थियो । लगत्तै निकुञ्जको प्राविधिक टोलीले अनुगमन गरिरहेको थियो ।

बुधबार नियन्त्रणमा लिइएको बाघलाई बने बर्दिया राष्ट्रिय निकुञ्जको रम्मापुर सेक्टरमा रहेको उद्धार केन्द्रमा राखिएको छ ।

यसअघि पनि बर्दियाको गेरुवा क्षेत्रबाटै निकुञ्जको टोलीले एउटा बाघ नियन्त्रणमा लिएको थियो । बर्दियामा बाघको आक्रमणबाट यस बर्ष मात्रै १० जनाले ज्यान गुमाइसकेका छन् । खाता करिडोरमा मात्रै बाघले आक्रमण गर्दा ५ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ८ : ३५ बजे

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक संकटका क्रममा