मेगा बैंक बन्यो एसियाली विकास बैंकको साझेदार बैंक « Khabarhub

मेगा बैंक बन्यो एसियाली विकास बैंकको साझेदार बैंक


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपाल एसियाली विकास बैंक (एडीबी) को साझेदार बैंक बनेको छ । नेपालका ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक एसियाली विकास बैंकको आठौँ साझेदार बैंक बनेको छ ।

दिगो विकास लक्ष्यका अवधारणाहरुलाई पालना गर्दै सदस्य राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरुमार्फत साना, मझौला व्यवसाय तथा उत्पादनमुलक उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले एसियाली विकास बैंकले अन्तरदेशीय व्यापारका लागि ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम ल्याएको छ । नेपालका साना तथा मझौला व्यवसाय तथा उत्पादनमूलक क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले नै मेगा बैंक र एडीबीको यो साझेदारी भएको हो ।

यो साझेदारीपछि मेगा बैंकमार्फत अन्तर्राष्ट्रिय व्यापार तथा व्यवसाय गर्ने ग्राहकलाई अब कारोबार गर्न सहज हुने भएको छ । सामान आयात तथा निर्यातका लागि प्रतीतपत्र जारी गर्दा एसियाली विकास बैंकले प्रत्याभूति पत्र (ग्यारेन्टी) दिने काम गर्छ । जसले नेपालको व्यवसाय प्रवर्द्धन गर्न मद्दत मिल्नुका साथै रोजगारी सिर्जनामा पनि पनि सहयोग मिल्ने मेगा बैंक नेपाल लिमिटेडको विश्वास छ ।

मेगा बैंक नेपाल लिमिटेडकी सीईओ अनुपमा खुञ्जेली भन्नुहुन्छ, ‘एडीबीको साझेदार बन्न पाउनु मेगा बैंकका लागि गर्वको कुरा हो, मेगा बैंकका ग्राहकलाई अब अन्तरदेशीय व्यवसाय गर्न थप सहज र सरल हुने विश्वास लिएको छु।’

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ५ : ३८ बजे

सरकारले छुट्टै मानसिक स्वास्थ्य नीतिको तयारी थालेको छः स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– सर्वोच्च अदालतको परमादेशपछि मानसिक स्वास्थ्य सेवा विस्तार गर्न सरकारमाथि

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला