रामबहादुर थापा पुन: गृहमन्त्री नियुक्त, शपथ आजै « Khabarhub

रामबहादुर थापा पुन: गृहमन्त्री नियुक्त, शपथ आजै


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापालाई पुन: गृहमन्त्री नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले थापालाई गृहमन्त्री पुनर्नियुक्त गरेकी हुन् ।

बादललाई संविधानको धारा ७८ को उपधारा (१) अनुसार मन्त्रीमा पुनर्नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । आइतबारै संघीय संसद् सचिवालयले गृहमन्त्री बादल राष्ट्रियसभा सदस्य नरहेको सूचना टाँस गरेको थियो । सांसदसँगै उनको गृहमन्त्री पद पनि समाप्त भएको थियो ।

गृहमन्त्रीमा पुनर्नियुक्ति पाएका बादललाई आजै शपथ गराउने तयारी रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । उनलाई साँझ ५ बजे शपथ गराउने तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

रिक्त राष्ट्रियसभा सदस्य पदमा ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  २ : ०८ बजे

डीपीको वाचा : सभामुखमा निर्वाचित भए न्यायसम्मत काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले सभामुखमा निर्वाचित भए

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध : मन्त्री रावल

काठमाडौं– नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा

नब्बे प्रतिशत छायाङ्कन भइसकेको ‘पाँच पाण्डव’बाट निकालिए सागर लम्साल ‘बले’

काठमाडौं– बलात्कार आरोप लागेपछि  कर्णाली फिल्म्स प्रालिले निर्माण गरिरहेको चलचित्र पाँच

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन

सेना प्रमुखलाई पद छाड्न अमेरिकी युद्धमन्त्रीको निर्देशन, पेन्टागनमा खैलाबैला

काठमाडौं- अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध चर्काइरहेका बेला अमेरिकी युद्धमन्त्री