महानगरले बुधबारदेखि ‘नेपाल भाषा’का शिक्षक पठाउने | Khabarhub Khabarhub

महानगरले बुधबारदेखि ‘नेपाल भाषा’का शिक्षक पठाउने


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आगामी बुधवारदेखि ‘नेपाल भाषा’ शिक्षकहरुलाई विद्यालयमा पढाउने तयारी गरेको छ ।

महानगरले पहिलो पटक लागु गर्न लागेको स्थानीय पाठ्यक्रम ‘नेपाल भाषा’ अध्यापनको गत माघ २८ गते करार सेवामा शिक्षकको विज्ञापन खुलाएको थियो । १७२ जना शिक्षक माग गरेकोमा ५१६ जनाको आवेदन दिएका थिए ।

महानगरले आवेदन खुलाएका मध्ये छनौटमा परेकालाई १०० पूर्णाङ्कको प्रयोगात्मक र १० पूर्णाङ्कको मौखिक गरी जम्मा ११० पूर्णााङ्कको परीक्षा लिएको थियो । छनौट भएका शिक्षकहरुलाई तालिम दिएर आगमी मंगलबार विद्यालयमा जानको लागि प्रमाण पत्र वितरण गर्ने र बुधवारदेखि शिक्षकहरु विद्यालयमा जाने महानगरपालिकाको शिक्षा विभागका अधिकृति मोतिराज खनालले बताए ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार हरेक स्थानीय तहले १०० पुर्णाङ्कको स्थानीय पाठ्यक्रम तयार गरेर यही शैक्षिक सत्रबाट लागु गर्नुपर्ने हुन्छ ।
सोही प्रारुप अनुसार काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रममा तयार गरेको हो ।

पाठ्यक्रममा महानगरपालिकाले आफ्नो क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक र प्राकृतिक स्वरूप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपिजस्ता पक्ष समेटेर पाठ्यक्रम तयार पारेको छ । पाठ्यक्रम अनुसार नेपाल भाषामा पाठ्युस्तक तयार पारेको छ ।

स्थानीय पाठ्यक्रम लागु भएसँगै १ देखि ८ कक्षा सम्मका विद्यार्थीहरूले थप १०० पूर्णाङ्कको पाठ्यक्रम पढ्नुपर्ने हुन्छ ।

कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका १०० पूर्णाङ्ककै प्रयोगात्मक पाठ्यक्रम राखिएको छ । कक्षा ४ र ५ का लागि ७५ पूर्णाङकको प्रयोगात्मक र २५ पूर्णाङ्को सैद्धान्तिक राखिएको छ । कक्षा ६, ७ र ८ का लागि ५० पूर्णाङ्कको सैद्धान्तिक र ५० पूर्णाङ्कको प्रयोगात्मक राखिएको छ ।

महानगरभित्र ९२ वटा सामुदायिक विद्यालय मध्ये ८६ वटा साधारण, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीका लागि छन् । संस्थागत विद्यालयको संख्या ६४० छ ।

यी सबै विद्यालयमा गत मंसिरमा स्थानीय पाठ्यक्रमको पढाइ शुरू हुनुपर्ने भए पनि विषयगत शिक्षक अभावका कारण कक्षा सञ्चालनमा हुन सकेको छैन ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  २ : ५९ बजे

दीपकुमार उपाध्यायलाई प्रश्न : प्रधानमन्त्रीले भारतसँग उठाउनुपर्ने नेपालका मुद्दा के के हुन् ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्व गरेको १५ महिनापछि

युक्रेन शान्ति वार्ता : सबै पक्षलाई शीघ्र सम्झौतामा पुग्न चीनको आह्वान

बेइजिङ– चीनले सोमबार वासिङ्टनमा हुने युक्रेन शान्ति वार्तामा संलग्न ‘सबै

पूर्व-पश्चिम राजमार्ग विस्तार र मर्मतमा ढिलाइ

भीमदत्त– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिमको गड्डाचौकी–चिसापानी सडक विस्तारले गति लिन

नक्कली शैक्षिक प्रमाणपत्रसहित एकजना पक्राउ

भैरहवा– प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई

हिरा चोरेको आरोपमा तीन व्यक्ति दुबई प्रहरीको नियन्त्रणमा

एजेन्सी– दुबई प्रहरीले दुई करोड ५० लाख अमेरिकी डलर बराबरको