बजारदेखि गाउँगाउँसम्म योग « Khabarhub

बजारदेखि गाउँगाउँसम्म योग


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- कोरोना महामारी शुरु भएयता म्याग्दी योगमय बन्दै गएको छ । ‘स्वस्थ शरीर र सकारात्मक विचारका लागि योग’ भन्ने मान्यताका साथ नवीन आनन्द योग केन्द्रले गत वर्षदेखि सदरमुकाम बेनी बजारलगायत जिल्लाका विभिन्न गाउँमा योग केन्द्र नै सञ्चालन गरेर योगाभ्यास शुरु गरेपछि योग सिक्नका लागि म्याग्देलीहरुको आकर्षण बढ्दै गएको हो ।

सदरमुकाम बेनीमा विसं २०७० मा स्थापना भएको नवीन आनन्द योग केन्द्रमा विभिन्न किसिमका योगासन गरी स्वास्थ्यलाभ भएपछि यहाँ योग गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको केन्द्रका अध्यक्ष एवं योग प्रशिक्षक नवीन जुग्जालीले बताए । अहिलेसम्म केन्द्रबाट योग सिकेर स्वस्थ जीवन बिताउनेको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको उनले जानकारी दिए ।

अहिले म्याग्दीमा विभिन्न १० स्थानमा नवीन आनन्द योग केन्द्रले योग केन्द्र सञ्चालन गरेर योगा सिकाइरहेको छ । सदरमुकाम बेनी बजारमा दैनिक १०७, पश्चिम म्याग्दीको दरबाङमा ५०, बेनी नगरपालिका-४ सिङ्गा तातोपानीमा ४०, रघुगङ्गा गाउँपालिका-१ बेगमा ४०, रघुगङ्गा गापाकै तिप्ल्याङमा ३०, अन्नपूर्ण गाउँपालिकाको घोडेपानीमा २५, गलेश्वरमा ४० र बेनी नगरपालिका-२ खबरामा २५ जनाले दैनिकरूपमा योगा सिकिरहेका छन् ।

त्यसैगरी मालिका गाउँपालिका-७ बिम र बेनी नगरपालिका-७ मङ्गलाघाटमा पनि अस्थायीरूपमा योग केन्द्र सञ्चालन भएका केन्द्रका अध्यक्ष जुग्जालीले बताए ।

योगमार्फत शरीरमा स्फुर्ति र मनमा आनन्द प्राप्त हुने तथा मानसिक तनाव र थकान कम हुने भएको दैनिक योग गर्न आउनेहरुको भनाइ छ । नियमित योगा गर्दै आएकी बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले योगमार्फत आफूले जीवनलाई बुझ्ने अवसर प्राप्त गरेको, तनमा तन्दुरुस्ती र मनमा आनन्द प्राप्त हुने गरेको बताउँदै स्वास्थ्य र समुदाय दुवैका लागि योग अपरिहार्य रहेको बताए ।

त्यसैगरी योग स्वास्थ्यका लागि मात्र नभएर आचारविचार, सोच र सकारात्मक दृष्टिकोणका लागि पनि अत्यन्तै उपयोगी भएकाले आफू नियमितरूपमा योगासन गर्न आउने गरेको बेनी बजारका व्यवसायी विजयकुमार श्रेष्ठले बताए । आधारभूत ज्ञान तीन महिना, विशिष्टीकृत ज्ञान छ महिना र प्रशिक्षक तालिम दुई वर्षको हुने र मासिकरूपमा रु एक हजार शुल्क लिने गरिएको योग प्रशिक्षक एवं केन्द्रका अध्यक्ष जुग्जालीले जानकारी दिए ।

ध्यानसहितको योगले तनावपूर्ण परिस्थिति र खराब स्वास्थ्यसँग जुधिरहेका सबै उमेर समूहका महिला तथा पुरुषको जीवनशैलीमा परिवर्तन ल्याएको योगीहरुको भनाइ छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १० : ०१ बजे

सार्वजनिक खरिद अध्यादेश : टेण्डर सूचना पत्रिकामै छाप्नुपर्ने व्यवस्था

काठमाडौं – सरकारले ल्याएको सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३

आयातका लागि किर्ते अनुमति पत्र तयार गरेको आरोप व्यवसायी अग्रवाल पक्राउ

काठमाडौं – सिमभिन इन्टरनेशनल इम्पेक्सका सञ्चालक नविनकुमार अग्रवाल पक्राउ परेका

राष्ट्रपति पौडेलले जारी गरे सार्वजनिक खरिदसम्बन्धी अध्यादेश

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेललेसार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्।

आजका समाचार : सहकारीसम्बन्धी अध्यादेश जारी, अतिक्रमित संरचना हटाउन गृहको सर्कुलर र सामुद्रिक नाकाबन्दी लम्ब्याउने ट्रम्पको रणनीति

शीतल निवासमा अड्किएका अध्यादेशबारे कानुनी परामर्श गर्दै राष्ट्रपति राष्ट्रपति रामचन्द्र

सीजीले ल्यायो चेष्ट फ्रिजर, ५ वर्षको वारेन्टी

काठमाडौँ: नेपालको भौगोलिक अवस्था र व्यावसायिक वातावरणलाई मध्यनजर गर्दै नेपालकै