दिल्लीमा कुम्भ मेलाबाट फर्केकालाई १४ दिन अनिवार्य क्वारेन्टाइन « Khabarhub

दिल्लीमा कुम्भ मेलाबाट फर्केकालाई १४ दिन अनिवार्य क्वारेन्टाइन


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको राजधानी दिल्लीमा कुम्भ मेलामा सहभागी भएर आएकाहरूलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको छ ।

हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी सयौँ मानिस कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएपछि त्यहाँबाट आउनेहरूलाई क्वारेन्टाइनमा राख्ने निर्णय भएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारद्वारा जारी निर्देशनमा कुम्भ मेलाबाट आएकाहरूले आफैं पनि स्वास्थ्य सतर्कता अपनाउनु पर्ने र क्वारेन्टाइनमा बस्नु पर्ने उल्लेख गरिएको छ ।

प्रदेश सरकारको निर्देशन नमान्नेहरूलाई कानून अनुसार कडा सजाय हुने चेतावनी पनि दिएको छ । प्रदेशका मुख्य सचिव विजय देवद्वारा जारी निर्देशनमा होम क्वारेन्टाइन बसे पनि हुने उल्लेख गरिएको छ । यही अप्रिल ४ देखि १७ सम्म कुम्भ मेलामा गएकाहरूले २४ घण्टा भित्र आफ्नो विवरण प्रदेश सरकारलाई उपलब्ध गराउन पनि आह्वान गरिएको छ ।

कुम्भ मेलामा सहभागी भएका मध्ये १७ सयभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको थियो । लाखौं मानिस सहभागी भएको हिन्दुहरुको महान मेलामा मास्क लगाउनु पर्ने, सामाजिक दुरी कायम गर्नु पर्नेलगायतका आधारभूत मापदण्डहरू खुलेआम उल्लंघन भएको थियो ।

दिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा २४ हजार ३७४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । एकै दिन संक्रमित भएकाहरूको संख्या यो नै अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : ५० बजे

होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा

कीर्तिपुर– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्सङ्ग परिसरस्थित होल्डिङ सेन्टरमा

रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी

संवैधानिक जवाफदेहिताको परीक्षणमा दुई प्रतिवेदन

लोकतान्त्रिक शासन व्यवस्थाको आधार विधिको शासन हो । विधिको शासन

बेमौसमी फूलले मूल्य नपाउँदा अर्को बाली लगाउने तयारीमा किसान (तस्बिर)

धादिङ– धादिङको धुनिबेशी नगरपालिका–२ का किसानहरू यतिबेला माघ र चैत