विद्यालय तहका सबै परीक्षा वैशाखभित्रै गरिसक्न माग « Khabarhub

विद्यालय तहका सबै परीक्षा वैशाखभित्रै गरिसक्न माग


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगर क्षेत्रका क्रियाशील शिक्षकहरुको पेसागत संघ संगठनले विद्यालय तहका सबै परीक्षा वैशाखभित्रै गरिसक्न ध्यानाकर्षण गराएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै जेठको पहिलो हप्ता सञ्चालन गर्ने भनिएको विद्यालय तहको वार्षिक परीक्षा वैशाखकको दोस्रो साताबाट सञ्चालन गर्ने व्यवस्था मिलाउन महानगरपालिकालाई ध्यानार्कषण गराएका हुन् ।

विद्यार्थीको शैक्षिक वर्ष खेर जान नदिनका विद्यालय तहको परीक्षा आगामी दोस्रो सातबाटै सञ्चालन गर्ने व्यवस्था मिलाउनका लागि तत्काल विद्यालयहरुलाई निर्देशन गर्नुपर्ने उनीहरुले माग राखेका हुन् ।

समयमै परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गर्ने र नतिजा प्रकाशन पश्चात संक्रमणको अवस्था विद्यमान रहिरहे वैकल्पिक विधिबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सञ्चालनका लागि विद्यालयलाइ निर्देशन गर्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वैकल्पिक विधिबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा विद्यार्थीहरूलाई सहज तवरबाट इन्टरनेटको सुविधा प्राप्त गर्नका लागि प्रबन्ध मिलाई दिन पनि संगठनले अपिल गरेको छ ।

उनीहरुले विश्वलाई नै आक्रान्त बनाइरहेको कोभिड १९ को महामारीको दोस्रो लहर युके भेरियन्ट पछिल्लो समय नेपालमा पनि तीव्र फैलिरहेको हुँदा विषम परिस्थितिमा राज्यका जिम्मेवार निकायहरू संवेदनशील नदेखिनु विडम्बनापूर्ण अवस्था रहेको भन्दै दुःख व्यक्त गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक-पटक विज्ञप्ति जारी गरिरहेको छ भने जनस्वास्थ्य विज्ञहरू विद्यालयमा अध्ययनरत बालबालिकाहरू उच्च जोखिममा रहेको कुरा बताइरहेका छन् तथापि यसतर्फ कसैको ध्यान जान सकिरहेको अवस्था नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : ०४ बजे

डीपीको वाचा : सभामुखमा निर्वाचित भए न्यायसम्मत काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले सभामुखमा निर्वाचित भए

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध : मन्त्री रावल

काठमाडौं– नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा

नब्बे प्रतिशत छायाङ्कन भइसकेको ‘पाँच पाण्डव’बाट निकालिए सागर लम्साल ‘बले’

काठमाडौं– बलात्कार आरोप लागेपछि  कर्णाली फिल्म्स प्रालिले निर्माण गरिरहेको चलचित्र पाँच

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन

सेना प्रमुखलाई पद छाड्न अमेरिकी युद्धमन्त्रीको निर्देशन, पेन्टागनमा खैलाबैला

काठमाडौं- अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध चर्काइरहेका बेला अमेरिकी युद्धमन्त्री