रौतहटको एउटै विद्यालयका ९ शिक्षकमा कोरोना « Khabarhub

रौतहटको एउटै विद्यालयका ९ शिक्षकमा कोरोना


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रौतहटको गरुडा गाँउपालिका वडा नम्बर–७ पिपरिया दोस्तीयास्थित श्री माध्यमिक विद्यालयका ९ जना शिक्षकमा कारोना संक्रमण देखिएको छ ।

शिक्षकमा संक्रमण देखिएपछि आगामी वैशाख १२ गतेसम्मको लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक लखेन्द्रप्रसाद यादवले बताए ।

उनले भने, ‘गत वैशाख २ गते विद्यालयको एक जना शिक्षकमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरेका हौँ ।’

विद्यालयका अन्य शिक्षकको पीसीआर जाँच गर्दा वैशाख ४ गते (हिजो) थप ८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित शिक्षकहरुको नेगेटिभ रिपोर्ट नआउँदासम्मको लागि विद्यालय बन्द हुने उनले बताए ।

उनले भने, ‘धेरै शिक्षकहरुमा संक्रमण देखिएकाले थप संक्रमण फैलिन नदिन विद्यालय बन्द गरिएको हो ।’

विद्यालयका कर्मचारी, विद्यार्थी र अभिभावकहरुको पीसीआर जाँच गर्न जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय र नगरपालिकाहरुलाई आग्रह गरेको उनले जानकारी दिए ।

गाउँको एउटै विद्यालयका ९ जना शिक्षकमा कोरोना देखिएपछि सो क्षेत्रका अरुलाई पनि कोरोनाको संक्रमण भएको हुनसक्ने उनले बताए ।

उनले भने, ‘सरकारले शहरी क्षेत्रमा मात्र कोरोना संक्रमणको उच्च जोखिम रहेको बताउँदै आएको छ तर हाम्रो विद्यालय रहेका स्थान रौतहट जिल्लाको दुर्गम गाउँ हो ।’

सरकारले शहरी क्षेत्रलाई मात्र नभएर गाँउलाई पनि प्राथमिकतामा राखेर कोरोना चेकजाँच प्रभावकारी ढंगले अघि बढाउनुपर्ने उनले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ७ : ०७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको