चैती छठ पर्व : मिथिलाञ्चलमा अस्ताउँदो सुर्यलाई अर्घ्य (फोटो फिचर) « Khabarhub

चैती छठ पर्व : मिथिलाञ्चलमा अस्ताउँदो सुर्यलाई अर्घ्य (फोटो फिचर)


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– चैती छठ पर्वका अवसरमा प्रदेश २ को राजधानी जनकपुरधामसहित मिथिलाञ्चलमा आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

चारदिनसम्म मनाइने यस पर्वको तेस्रो दिन जनकपुरधामको विभिन्न जलाशयमा श्रद्धालु भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ पूजाआजा गरेका हुन् ।

चैती छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर, धनुष सागर, गोड धोय पोखरी, र रत्न सागर पोखरी लगायत जलाशयमा श्रद्धालुहरुको भिँड लागेको छ । सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

तेस्रो दिन आज साँझ व्रतीहरुले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गरे ।

दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्ने गरिन्छ । त्यस्तै त्यसको भोलिपल्ट अर्थात् भोलि मङ्गलबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्‍याई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गरिन्छ ।

यस पर्वको पहिलो दिन शुक्रबार व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाएर जीउ चोख्याउने काम गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन शनिबार खर्ना मनाएका थिए । खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरेका थिए । राति अरवा अरबाइन (बिना नून हालेको) खानेकुरा खाएका थिए । त्यस्तै षष्ठीका दिन अर्थात् आज आइतबार साँझ अन्नबाट बनाइएका विभिन्न प्रसादसहित जलासयमा पुगेका छन् ।

श्रद्धालुहरु ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हाती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुगेर पर्व धुमधामसाथ मनाइरहेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १० : १४ बजे

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता