चैती छठ पर्व : मिथिलाञ्चलमा अस्ताउँदो सुर्यलाई अर्घ्य (फोटो फिचर) « Khabarhub

चैती छठ पर्व : मिथिलाञ्चलमा अस्ताउँदो सुर्यलाई अर्घ्य (फोटो फिचर)


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– चैती छठ पर्वका अवसरमा प्रदेश २ को राजधानी जनकपुरधामसहित मिथिलाञ्चलमा आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

चारदिनसम्म मनाइने यस पर्वको तेस्रो दिन जनकपुरधामको विभिन्न जलाशयमा श्रद्धालु भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ पूजाआजा गरेका हुन् ।

चैती छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर, धनुष सागर, गोड धोय पोखरी, र रत्न सागर पोखरी लगायत जलाशयमा श्रद्धालुहरुको भिँड लागेको छ । सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

तेस्रो दिन आज साँझ व्रतीहरुले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गरे ।

दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्ने गरिन्छ । त्यस्तै त्यसको भोलिपल्ट अर्थात् भोलि मङ्गलबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्‍याई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गरिन्छ ।

यस पर्वको पहिलो दिन शुक्रबार व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाएर जीउ चोख्याउने काम गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन शनिबार खर्ना मनाएका थिए । खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरेका थिए । राति अरवा अरबाइन (बिना नून हालेको) खानेकुरा खाएका थिए । त्यस्तै षष्ठीका दिन अर्थात् आज आइतबार साँझ अन्नबाट बनाइएका विभिन्न प्रसादसहित जलासयमा पुगेका छन् ।

श्रद्धालुहरु ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हाती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुगेर पर्व धुमधामसाथ मनाइरहेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १० : १४ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग