शिक्षा ऐनमा व्यवस्थापन समितिको भूमिका थप स्पष्ट गरिने « Khabarhub

शिक्षा ऐनमा व्यवस्थापन समितिको भूमिका थप स्पष्ट गरिने


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले सङ्घीय शिक्षा ऐनमा विद्यालय व्यवस्थापन समितिको भूमिकालाई थप स्पष्ट पार्ने भएको छ । नयाँ संविधानअनुसार सङ्घीय ऐन तर्जुमाको क्रममा रहेको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आयोजना गरेको अभिभावकको सवाल प्राथमिकीकरण तथा रणनीतिक योजना अद्यावधिक कार्यशालाको समापनका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहससचिव दीपक शर्माले विद्यालयको गुणस्तर सुधारका लागि व्यवस्थापन समिति, अभिभावक, प्रधानाध्यापक र शिक्षकको सक्रिय भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

सोका लागि योजनाबद्ध काम गर्न आग्रह गर्दै मन्त्रालयका प्रवक्ता शर्माले सरकारले सामुदायिक विद्यालय सुधार दशक घोषणा गरी कार्यक्रम कार्यान्वयन भइरहेकाले रुपान्तरणकारी राम्रा विद्यालयलाई अगाडि ल्याउन आग्रह गरे । उनले शिक्षामा बजेट बढाउन पहल भइरहेको पनि जानकारी दिँदै सार्वजनिक विद्यालयको गुणस्तर सुधारका लागि विद्यालय सुधार योजना, गाउँ र नगर शिक्षा सुधार योजना बन्नुपर्ने जनाए ।

शिक्षा नीति तथा अभ्यास केन्द्रको सहकार्यमा काभ्रेको धुलिखेलमा सम्पन्न तीन दिने कार्यशालाले सङ्घीय शिक्षा ऐन चाँडो ल्याउनुपर्नेलगायत १० बुँदे घोषणापत्र जारी गरेको महासङ्घका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । उनले राज्यका नीति, नियम, कानून र निर्देशिका तर्जुमा हुँदा आफूहरुको सहभागिता र स्वामित्व अनिवार्य गर्न र अभिभावकको अधिकारलाई सम्मान गर्न माग गरे ।

महासङ्घका महासचिव गुणराज मोक्तानका अनुसार महासङ्घका प्रदेश र जिल्लास्तरका पदाधिकारी सहभागी कार्यशालामा शिक्षाविद् डा राजेन्द्रध्व जोशी, शिक्षा विश्लेषक टीका भट्टराई, सहजकर्ता सोमत घिमिरेलगायत स्रोत व्यक्तिका सहजीकरण गरेका थिए । मुलुकका २९ हजार सामुदायिक विद्यालयका व्यवस्थापन समितिको प्रतिनिधित्व गर्ने गरी विसं २०७० मा स्थापित सो महासङ्घमा हाल ४७ जिल्ला समिति गठन भइसकेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १० : ४५ बजे

सार्वजनिक खरिद अध्यादेश : टेण्डर सूचना पत्रिकामै छाप्नुपर्ने व्यवस्था

काठमाडौं – सरकारले ल्याएको सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३

आयातका लागि किर्ते अनुमति पत्र तयार गरेको आरोप व्यवसायी अग्रवाल पक्राउ

काठमाडौं – सिमभिन इन्टरनेशनल इम्पेक्सका सञ्चालक नविनकुमार अग्रवाल पक्राउ परेका

राष्ट्रपति पौडेलले जारी गरे सार्वजनिक खरिदसम्बन्धी अध्यादेश

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेललेसार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्।

आजका समाचार : सहकारीसम्बन्धी अध्यादेश जारी, अतिक्रमित संरचना हटाउन गृहको सर्कुलर र सामुद्रिक नाकाबन्दी लम्ब्याउने ट्रम्पको रणनीति

शीतल निवासमा अड्किएका अध्यादेशबारे कानुनी परामर्श गर्दै राष्ट्रपति राष्ट्रपति रामचन्द्र

सीजीले ल्यायो चेष्ट फ्रिजर, ५ वर्षको वारेन्टी

काठमाडौँ: नेपालको भौगोलिक अवस्था र व्यावसायिक वातावरणलाई मध्यनजर गर्दै नेपालकै