विद्यालय सञ्चालन नगर्न महालक्ष्मी नगरपालिकाको अनुरोध « Khabarhub

विद्यालय सञ्चालन नगर्न महालक्ष्मी नगरपालिकाको अनुरोध


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमण बढ्दै गएको र यसबाट बालबालिका बढी प्रभावित भएको हुँदा ललितपुको महालक्ष्मी नगरपालिकाले वैशाख मसान्तसम्म विद्यालय नखोल्न अनुरोध गरेको छ ।

आइतबार बसेको नगर शिक्षा समितिको बैठकले भौतिक रुपमा पठनपाठन नगर्न आफ्नो क्षेत्रका विद्यालयहरुलाई अनुरोध गरेको हो ।

आगमी वैशाख मसान्त सम्म वैकल्पिक माध्यमबाट विद्यार्थीहरुको पढाइलाई अघि बढाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै कक्षा ८ र १० को पूर्व निर्धारित प्रि–टेस्ट परीक्षा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड कडाइका साथ पालना गरी आगामी १५ गतेसम्म सक्ने नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

विद्यालयले स्वास्थय सुरक्षाको मापदण्ड पालना गरे/नगरेको सम्बन्धमा नगरपालिकाले नियमित रुपमा अनुगमन गर्ने जनाएको छ ।

संक्रमण फैलदै गएमा आधारभूत तह (कक्षा ८) को अन्तिम परीक्षा तथा अन्य वार्षिक परीक्षाहरु विद्यार्थीहरुलाई दिइएको परियोजना कार्यको मूल्यांकन, यस अघि लिएको परीक्षाहरुको औषत अंक अथवा सम्भव भए अनलाइन माध्यमबाट मूल्यांकन गर्ने गरी उक्त कार्यको तयारी गर्न समेत नगरपालिकाले आग्रह गरेको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : ०८ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,