विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३४ लाख नाघ्यो « Khabarhub

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३४ लाख नाघ्यो

दैनिक संक्रमितभन्दा निको हुने धेरै


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ३४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३४८ जनाको मृत्यु भएसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या ३४ लाख ३ हजार ७४४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

विश्वभर दैनिक कोरोना भाइरसबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा ८ लाख १० हजार ६४४ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा झण्डै तीन लाखले धेरै हो ।

पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १४ करोड ४१ लाख ६८ हजार ५०२ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८७.७७ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घण्टामा ५ लाख २७ हजार ६३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १६ करोड ४२ लाख ५७ हजार ५१ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ६६ लाख ८४ हजार ८०५ छ । यसमध्ये १ लाख १ हजार ७९८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भए पनि पछिल्ला दिनमा संक्रमितको संख्यामा कमी आएको छ ।

अमेरिकामा २ करोड ७१ लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३६५ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ६ लाख ५३० पुगेको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा २४ हजार १६४ जनामा संक्रमण पुष्टि भएको छ ।

दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा एक सातायता संक्रमितको दरमा कमी आएको छ ।

लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ६३ हजार ६५ जनामा संक्रमण भएको छ । संक्रमितको यो संख्या सोमबारको तुलनामा करिव २० हजारले कम हो ।

संक्रमितको दर घटे पनि मृत्युदर भने उल्लेख्यरुपमा घटेको छैन । अहिले पनि दैनिक चार हजारको हाराहारी संक्रमितको मृत्यु भइरहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ३४० जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा २४८ ले बढी हो ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या २ लाख ७८  हजार ७५१ पुगेको छ ।

यसैगरी ब्राजिलमा ४ लाख ३६ हजार ८६२ जनाको मृत्यु भएको छ । यस्तै  रूसमा १ लाख १६ हजार २११ जना, बेलायतमा १ लाख २७ हजार ६८४ जना, फ्रान्समा १ लाख ७ हजार ८१२ जना, इटालीमा १ लाख २४ हजार २९६ जनाको मृत्यु भएको छ ।

अफ्रिकी मुलुकहरुमा १ लाख २६ हजार ९१३ जनाको मृत्यु भएको छ । अफ्रिकी महादेशको सबैभन्दा धेरै प्रभावित दक्षिण अफ्रिकामा ५५ हजार २६० संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ६ : ५५ बजे

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा