कतारमा कोरोना संक्रमणबाट ५ सय ३२ जनाको मृत्यु | Khabarhub Khabarhub

कतारमा कोरोना संक्रमणबाट ५ सय ३२ जनाको मृत्यु


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा-  नेपाली श्रमिकहरुको रोजगारीको प्रमुख गन्तब्य कतारमा कोरोना संक्रमणबाट ५ सय ३२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएसंगै मृतकको सङ्ख्या ५ सय ३२ पुगेको हो ।

पछिल्लो २४ घण्टामा थप ३०२ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख १३ हजार ४८५ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामै ७ सय १९ जना संक्रमण मुक्त भएका छन् । यो संगै कतारमा कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख ७ हजार ७९६ पुगेको मन्त्रालयले जनाएको छ ।

अहिले कतारमा ५ हजार १५७ वटा ‘एक्टिभ’ केस रहेका छन् भने ३३९ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् । तीमध्ये १९६ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म २० लाख ७३ हजार ३५४ जनाले कोरोनाविरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ । यहाँ कतारी नागरिकसहित आप्रवासी श्रमिकहरुलाई पनि निशुल्क रुपमा खोप दिइएको छ ।

थप ७७७ जनालाई कारबाही

कोभिड–१९ सम्बन्धी सरकारले जारी गरेको सावधानीका उपायहरू उल्लंघन गर्ने ७७७ जनालाई कारबाही गरिएको जनाएको छ ।

कतारको आन्तरिक मन्त्रालयका अनुसार ४७८ जनालाई सार्वजनिक रूपमा मास्क नलगाएकोमा, ४ जनालाई मोबाइलमा एहतेराज एप्स प्रयोग नगरेकोमा, ७३ जनालाई सामाजिक दूरी कायम नगरेकोमा कारबाही गरिएको जनाएको छ ।

यसैगरी २०५ जनालाई पार्क तथा कर्नेस ठाउँमा भेला भएकोमा, ८ जनालाई गाडीमा क्षमता भन्दाबढी मानिस राखेकोमा र बाँकी ९ जनालाई बन्द स्थानहरुमा भेला भएकोमा कारबाही गरिएको मन्त्रालयले जनाएको छ ।

भाइरस संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउँदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाई गरिरहेको छ ।

अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्तिलाई कारबाही गरिएको मन्त्रालयले जनाएको छ । नियम उल्लंघन गरेको पाइएमा दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ११ : ५५ बजे

काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदुषण

काठमाडौं – काठमाडौं उपत्यकामा प्रदुषण बढेको छ । मौसम पूर्वानुमान

महिलाको हत्यामा संलग्न पाँचजना पक्राउ

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न एक नाबालकसहित

सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

काठमाडौं – काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ

अब कुनै पनि बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट छैन : मन्त्री चाैधरी

कर्णाली – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अब कुनै पनि

द क्लिफमा ‘कमाण्डो’ तालिमअन्तर्गत प्रहरीका प्रशिक्षार्थीद्वारा बञ्जी जम्प

कुष्मा – एकै स्थानमा विभिन्न एड्भेन्चर गतिविधि सञ्चालन गरेर पर्वत–बाग्लुङ