‘ताउ-ते’ चक्रवातले भारतमा २० जनाको मृत्यु, दुई लाखभन्दा बढी विस्थापित « Khabarhub

‘ताउ-ते’ चक्रवातले भारतमा २० जनाको मृत्यु, दुई लाखभन्दा बढी विस्थापित


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा शक्तिशाली ‘ताउ-ते’ चक्रावतले कम्तीमा २० जनाको मृत्यु भएको छ ।

भारतका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानले कम्तीमा २० जनाको मृत्यु भएको तथा दुई लाखभन्दा बढी मानिस विस्थापित भएको बीबीसीले जनाएको छ ।

अत्यन्त शक्तिशाली भनिएको ‘ताउ-ते’ तुफान पश्चिमी राज्य गुजरातको तटमा झन्डै २०० किलोमिटर प्रतिघण्टासम्मको वेगमा बज्रिएको जनाइएको छ ।

कयौँ क्षेत्रमा हावाको वेग १८५ किलोमिटर प्रतिघण्टा पुगेको र त्यसले समुद्रमा १३ फिटसम्म छाल उचालिन सक्ने बताइएको छ ।

गुजरात राज्यका विभिन्न स्थानमा बजारिएको यो तुफान सन् १९९८ यताकै सबभन्दा शक्तिशाली मानिएको छ ।

भारतीय मौसम विभागले गुजरातको छिमेकी राज्य महाराष्ट्रमा पनि उच्च सतर्कतामा अपनाउन अपील गरेको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार महाराष्ट्रको राजधानी मुम्बईको तटपारि व्यापारिक जहाजमा चार सयभन्दा धेरै मानिस फसिरहेका छन् । तीमध्ये ३८ जनाको मात्रै उद्धार भएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ९ : ५५ बजे

उपरथीद्वय पदमबहादुर र पवनलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बूढा र पवन खत्रीलाई

इरानसँग वार्ताका लागि इस्लामाबाद पुग्दै अमेरिकी टोली, यस्ता छन् मुख्य ४ एजेन्डा

इस्लामाबाद- अमेरिका र इरानबीचको वार्ता शनिबार इस्लामाबादस्थित आलीशान होटल सेरेनामा

हटाइयो चियाको न्यूनतम समर्थन मूल्य

इलाम– सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति