नवलपुरमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु « Khabarhub

नवलपुरमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट आज विहान दुई जनाको मृत्यु भएको छ ।

कावासोती नगरपालिका २ निवासी ६८ वर्षीय पुरुष र कावासोती १६ डण्डास्थित ८२ वर्षीया महिलाको मध्यबिन्दु जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

निमोनिया, सुगर र मिर्गौला सम्बन्धि समस्या भई वैशाख ३१ गते अस्पताल भर्ना भएका पुरुषलाई जेठ २ गते कोरोना संक्रमण पुष्टी भएको थियो । उनको राति १२ बजे मृत्यु भएको अस्पतालका स्रोत व्यक्ति डा. शिवराज न्यौपानेले बताए ।

यस्तै, कावासोती नगरपालिका १६ डण्डास्थित ८२ वर्षीया महिलाको पनि उपचारका क्रममा मध्यबिन्दु जिल्ला अस्पतालमा नै आज विहान मृत्यु भएको हो ।

वैशाख २८ गते कोरोना संक्रमण पुष्टी भएकी ती महिलालाई जेठ १ गते कोरोना संक्रमण पुष्टी भएको थियो । मध्यबिन्दु जिल्ला अस्पतालमा उपचाररत महिलाको आज विहान ३.४५ मा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले जानकारी दिए ।

शारीरिक रुपमा अशक्त र मानसिक रुपमा दीर्घ समस्या रहेको ती महिला कोभिड निमोनिया भएको अस्पतालका स्रोत ब्यक्ति डा. शिवराज न्यौपानेले जानकारी दिए ।

कोरोना संक्रमण भई नवलपुरमा अहिलेसम्म ५७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमणको दोस्रो लहरमा बैशाख १ गतेपछि मात्रै २५ जनाको मृत्यु भएको छ ।

नवलपुरमा सोमबार मात्रै १ सय ५ जना कोरोनामुक्त भएका थिए । जिल्लामा अहिले सक्रिय संक्रमित १ हजार ८७ जना रहेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ११ : २१ बजे

उपरथीद्वय पदमबहादुर र पवनलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बूढा र पवन खत्रीलाई

इरानसँग वार्ताका लागि इस्लामाबाद पुग्दै अमेरिकी टोली, यस्ता छन् मुख्य ४ एजेन्डा

इस्लामाबाद- अमेरिका र इरानबीचको वार्ता शनिबार इस्लामाबादस्थित आलीशान होटल सेरेनामा

हटाइयो चियाको न्यूनतम समर्थन मूल्य

इलाम– सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति