निषेधाज्ञाको अवज्ञा गरी रेष्टुरेण्ट संचालन गर्नेलाई २७ हजार जरिवाना « Khabarhub

निषेधाज्ञाको अवज्ञा गरी रेष्टुरेण्ट संचालन गर्नेलाई २७ हजार जरिवाना


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्दै रेष्टुरेण्ट सञ्चालन गर्नेलाई प्रशासनले कारबाही गरेको छ ।

बुटवल उपमहानगरपालिका–९ मिलनचोकस्थित सेराज रेष्टुरेण्ट सञ्चालन गरी अनावश्यक भिडभाड गरेको भन्दै प्रहरीले रेष्टुरेण्ट सञ्चालकसहित ३ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुले निषेधाज्ञाको अवज्ञा गरी रेष्टुरेण्ट सञ्चालन गर्दा २७ हजार ३०० जरिवाना तिर्नुपरेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थायी घर बुटवल उपमहानगरपालिका –४ वस्ने ४४ वर्षका होटल सञ्चालक शेरबहादुर भण्डारी, स्याङ्जा चापाकोट नगरपालिका– १० स्थायी घर भई बुटवल उपमहानगरपालिका–११ बस्ने ४० वर्षका होटल सञ्चालक शम्भु भट्टराई र उक्त होटलका बारटेण्डर रुकुम मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाईएकोमा जिल्ला प्रशासनले उनीहरुलाई १ महिना कैद वा सो बराबरको जरिवाना अनुरुप जनही ९ हजार १०० जरिवाना तोकिएको थियो ।

जरिवाना बापतको २७ हजार ३०० असुल गरी उनीहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । रेष्टुरेण्ट सञ्चालन गरी अनावश्यक भिडभाड गराई निषेधाज्ञाको अबज्ञा गरिरहेको अबस्थामा आइतबार वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट डिउटीमा खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्दा प्रहरी अधिकृत समेतको टोलीलाई डिउटीमा बाधा अबरोध समेत गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ११ : ३६ बजे

आन्ध्र प्रदेशमा बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

एजेन्सी– भारतीय राज्य आन्ध्र प्रदेशमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

राष्ट्रपति पौडेल आइतबार जापान जाने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते जापान भ्रमणमा

ओलीको निष्कर्ष : सरकारका गतिविधि ठिक छैनन्, निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते

तस्बिरमा ‘कुमारी’ टिमको विद्यार्थीसँग साक्षात्कार

काठमााडौं – माघ २३ बाट प्रदर्शनमा आउने लागेको फिल्म ‘कुमारी’

ओलीले भने : कुनै पनि आत्ममर्पण स्वीकार्य हुँदैन

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आजको