चक्रवातले अमिताभको कार्यालयमा क्षति « Khabarhub

चक्रवातले अमिताभको कार्यालयमा क्षति


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– केही दिनदेखि भारतमा आएको चक्रवाती तूफान टाक्टेले देशको तटीय इलाकामा ठूलो क्षति पुर्याएको छ । अरब सागरबाट सुरु भएको यो तुफान सोमबार मुम्बई पुगेको छ ।

दैनिक जागरणका अनुसार तुफानले सोमबार राती अमिताभ बच्चनको कार्यालय जनकमा क्षति पुर्याएको छ । अमिताभले कार्यालयमा क्षति पुगेपछि त्यसको मर्मतमा लागेका कर्मचारीलाई आफ्ना कपडा दिएका छन् ।

‘तुफानका बीच एक भयानक सन्नाटा छाएको छ । दिनभरी तिब्र रुपमा पानी पर्यो । रुख ढले, हरेक स्थानमा पानीको चुहावट, अफिसमा बाढी । केही स्टाफका लागि बनाइएको सेल्टर हावाले उडाएको छ’, अमिताभले आफ्नो ब्लगमा लेखेका छन् ।

अमिताभले यस्तो अवस्थामा पनि कार्यालयको मर्मत गर्ने कर्मचारीको तारिफ गरेका छन् ।

‘यस्तो अवस्थामा पनि कर्मचारीहरुले राम्रो काम गरिरहेका छन् । उनीहरुको लुगा भिजेको छ र पानीमा रुझिरहेका छन् । यस्तो अवस्थामा उनीहरुको लुगा परिवर्तन हुनु जरुरी थियो । मैले अलमारीबाट कपडा निकालेर दिएँ । अहिले उनीहरु चेल्सी र जयपुर पिंक पेन्थरको समर्थकको रुपमा देखिएका छन्’, उनले अगाडि लेखेका छन् ।

अमिताभले आफ्नो र छोरा अभिषेकको कबड्डी टिम पिंक पेन्थरको टीसर्ट दिएका छन् । सामाजिक सञ्जालमा अमिताभको यो ब्लग अहिले भाइरल भइरहेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १२ : ३० बजे

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध

नयाँ पुल निर्माण १० वर्षदेखि अलपत्र, ४५ वर्ष पुरानो ट्रसको मर्मत सुरु

दोलखा– लामासाँघु- जिरी सडक खण्ड अन्तर्गतको तामाकोशी नदिको निर्माणाधीन अलपत्र

इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री बन्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री बनाउने

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको