चक्रवातले अमिताभको कार्यालयमा क्षति « Khabarhub

चक्रवातले अमिताभको कार्यालयमा क्षति


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– केही दिनदेखि भारतमा आएको चक्रवाती तूफान टाक्टेले देशको तटीय इलाकामा ठूलो क्षति पुर्याएको छ । अरब सागरबाट सुरु भएको यो तुफान सोमबार मुम्बई पुगेको छ ।

दैनिक जागरणका अनुसार तुफानले सोमबार राती अमिताभ बच्चनको कार्यालय जनकमा क्षति पुर्याएको छ । अमिताभले कार्यालयमा क्षति पुगेपछि त्यसको मर्मतमा लागेका कर्मचारीलाई आफ्ना कपडा दिएका छन् ।

‘तुफानका बीच एक भयानक सन्नाटा छाएको छ । दिनभरी तिब्र रुपमा पानी पर्यो । रुख ढले, हरेक स्थानमा पानीको चुहावट, अफिसमा बाढी । केही स्टाफका लागि बनाइएको सेल्टर हावाले उडाएको छ’, अमिताभले आफ्नो ब्लगमा लेखेका छन् ।

अमिताभले यस्तो अवस्थामा पनि कार्यालयको मर्मत गर्ने कर्मचारीको तारिफ गरेका छन् ।

‘यस्तो अवस्थामा पनि कर्मचारीहरुले राम्रो काम गरिरहेका छन् । उनीहरुको लुगा भिजेको छ र पानीमा रुझिरहेका छन् । यस्तो अवस्थामा उनीहरुको लुगा परिवर्तन हुनु जरुरी थियो । मैले अलमारीबाट कपडा निकालेर दिएँ । अहिले उनीहरु चेल्सी र जयपुर पिंक पेन्थरको समर्थकको रुपमा देखिएका छन्’, उनले अगाडि लेखेका छन् ।

अमिताभले आफ्नो र छोरा अभिषेकको कबड्डी टिम पिंक पेन्थरको टीसर्ट दिएका छन् । सामाजिक सञ्जालमा अमिताभको यो ब्लग अहिले भाइरल भइरहेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १२ : ३० बजे

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार