ताऊ ते आँधीका कारण अरब सागरमा ४ पानीजहाजका ७ सयबढी मानिस फसे, २१५ को उद्धार « Khabarhub

ताऊ ते आँधीका कारण अरब सागरमा ४ पानीजहाजका ७ सयबढी मानिस फसे, २१५ को उद्धार


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘ताऊ ते’ आँधीका कारण मुम्बईको समुद्रमा भारतका चारवटा पानी जहाज फस्दा ७ सय बढी मानिस अलपत्र परेका छन् । चारवटा पानी जहाजमा ७१० जना मानिस फसेको र त्यसमा २१५ जनाको उद्धार गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मुम्बईबाट १७५ किलोमिटरको दूरीमा रहेको हिरा फिल्ड्समा बार्ज पी–३०५ पानी जहाजमा उद्धार कार्य जारी रहेको बताइएको छ । उक्त जहाजमा २७३ बढी मानिस सवार रहेको र १७७ जनालाई उद्धार गरिएको छ ।

यस्तै अर्को जहाज बार्ज गाल कन्स्ट्रक्टरमा १३७ जना सवार रहेकामा ३८ जनाको सकुशल उद्धार गरिएको बताइएको छ । ती दुवै जहाजसम्म उद्धार तथा सहयोग पुगिरहेको बताइएको छ ।

यस्तै भारतीय नौ सेनाका प्रवक्ता मेहुल कर्णिकलाई उदृत गर्दै भास्कर डटकमले जनाएअनुसार अर्को जहाज बार्ज पी–३०५ र बार्ज एसएस–३ समुद्रमा फसेका छन् ।

यी दुई जहाजमा ४९५ जना मानिस फसेको बताइएको छ । दुवै जहाजमा फसेका मानिसहरुको उद्धारका लागि तीव्रताका साथ काम भइरहेको जनाइएको छ । नौसेनाको हेलिकोप्टर तथा उद्धार दलले फसेका मानिसहरुको उद्धार जारी राखेका छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  २ : ३२ बजे

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु