चक्रवातका कारण महाराष्ट्रमा ११ जनाको मृत्यु, ६ हजार ३ सय बढी गाउँ प्रभावित « Khabarhub

चक्रवातका कारण महाराष्ट्रमा ११ जनाको मृत्यु, ६ हजार ३ सय बढी गाउँ प्रभावित


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘ताऊ ते’ चक्रवातले भारतका केही राज्यमा वितण्डा मच्चाएको छ । महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ । ६ हजार ३४९ बढी गाउँ चक्रवातका कारण नराम्ररी प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
चक्रवातका कारण महाराष्ट्रमा मात्रै ११ जनाको मृत्यु भएको छ ।

रायगढ जिल्लामा चार जनाले ज्यान गुमाएका हुन् भने रत्नागिरी र ठाणे जिल्लामा २–२ जनाको मृत्यु भएको हो । यस्तै, सिन्धुदुर्ग र धुलेमा १–१ जनाको ज्यान गएको छ । मुम्बईको मिरा रोड क्षेत्रमा एक जनाको मृत्यु भएको हो ।

मुम्बईको ४७९ स्थानमा रुख ढलेका छन् । जसका कारण ६० भन्दा बढी स्थानमा ट्राफिक व्यवस्था प्रभावित भएको छ । आँधीका कारण सयौँ सवारी साधानमा क्षति पुगेको बताइएको छ ।

भारतीय मौसम विभागका अनुसार ताऊ तेका कारण मुम्बईमा ११४ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ ।

यस्तै, आँधी प्रभावित क्षेत्रमा विद्युत सेवा काटिएको छ । विद्युत सब स्टेशनमा क्षति पुगेका कारण विद्युत आपुर्ति प्रभावित भएको हो ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ३ : ०१ बजे

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा

तेहरान-  मध्यपूर्वमा जारी युद्ध र बढ्दो आर्थिक प्रतिबन्धका कारण इरानको मुद्रा

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

म्याग्दी– केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल- पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा विगतको युद्धबाट बाँकी रहेको विस्फोटक उपकरण