इलाम अस्पतालमा आजदेखि ४७ बेडको कोभिड उपचार सेवा शुरू « Khabarhub

इलाम अस्पतालमा आजदेखि ४७ बेडको कोभिड उपचार सेवा शुरू

सय वटा अक्सिजन सिलिण्डर माग


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला अस्पताल इलाममा आजदेखि ४७ बेडको कोभिड उपचार सेवा शुरू भएको छ ।

यसमा एचडीयू २ बेड र भेन्टिलेटरसहितको एक बेडको सेवा सञ्चालनमा आएको अस्पतालले जनाएको छ । कोभिडका बिरामीलाई तत्कालका लागि अक्सिजन सेवा पनि दिन सकिने अवस्थामा रहेको अस्पतालको भनाइ छ ।

यसैबीच अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रभु साहले अस्पतालमा १ थान भेन्टिलेटर र २ बेडको आईसीयू बेड जडान गरिएपनि सञ्चालनका लागि आवश्यक विशेषज्ञ चिकित्सक उपलब्ध गराई दिन माग गरेका छन् । उनले आज धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्र लेख्दै विशेषज्ञ चिकित्सक उपलब्ध गराई दिन आग्रह गरेका हुन् ।

यसैगरी इलाम अस्पतालले जिल्लामा कोरोना भाइरस संक्रमण दर तीव्र गतिमा फैलिरहेको जनाउँदै बिरामीको उपचारका लागि अक्सिजन सिलिण्डरसहित अत्यावश्यक स्वास्थ्य सामग्रीको पनि माग गरेको छ ।

अस्पतालका मेसु डा. साहले टेकुस्थित स्वास्थ्य सेवा विभागलाई पत्र लेख्दै अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराई दिन आग्रह गरेका छन् ।

अस्पतालले अक्सिजन सिलिण्डर (ठूलो) १०० थान, अक्सिजन कन्सन्ट्रेटर १० थान, प्यासेन्ट मोनिटर १० थान, पल्स अक्सिमिटर २० थान, एम्बु ब्याग (एडल्ट) १० थान, एन्टिजेन टेस्ट किट ५०० थान, भेन्टर मास्क १० थान, पीपीई सेट १००० थान र मास्क, पञ्जा, सेनिटाइजरको माग गरेको छ ।

यसैबीच, समाज कल्याण परिषदका कोषाध्यक्ष लोकनाथ सुबेदीको पहलमा करुणा फाउन्डेसन नेपालले इलाम अस्पताललाई पाँच सय थान एन्टिजेन किट उपलब्ध गराउने भएको छ । उक्त किट बुधबारसम्ममा इलाम पुग्ने जानकारी दिइएको छ ।

हेर्नुहोस् पत्र

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ३ : १२ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका