आमाको दूध नआएन कालो जिराले गर्छ औषधिको काम « Khabarhub

आमाको दूध नआएन कालो जिराले गर्छ औषधिको काम


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कालो जिरा, शताब्दीयौंदेखि पूर्वीय संस्कृतीमा भान्सामा मसलाका रूपमा प्रयोग हुँदै आएको छ । यसको सुगन्ध गरम मसलाको जस्तै हुन्छ । यसमा लिमोनिन, कार्बोन, कार्बिन, कार्बाकोल पनि मुख्य रूपमा पाइन्छ । यो स्वादमा मात्र नभई औषधिय हिसाबमा पनि प्रभावकारी मानिन्छ ।

आयुर्वेद अनुसार, कालो जीराको सेवनले भोक र उत्तेजना जगाउँछ । यसमा सुत्केरी आमाहरुमा दूध नआउने समस्यामा दुग्धवर्धक गराउने क्षमता हुन्छ । यसको नियमित सेवनबाट पेट दुख्ने, वाकवाक लाग्ने, भोक लाग्ने वा नलाग्ने, अपच हुने लगायतका स्वास्थ्यसम्बन्धी कठिनाइ पनि हट्छन् ।

कालो जीराको सेवन मुख्यतः महिलाका लागि लाभदायक हुने गर्दछ । मासिक स्रावको पीडाबाट छुटकारा गराउन यसको सेवन अत्यन्त उपयोगी हुन्छ । गठिया, लुतो, आर्थराइटिससहित पिसाब रोकिने, चिढचिडाहट हुने जस्ता समस्याको उपचारमा पनि यसको उपयोग हुन्छ । तर भुलेर पनि गर्भवती अवस्थामा कालो जीराको सेवन गर्न हुन्न ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ३ : ५७ बजे

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने