भारतमा दैनिक कोभिड–१९ संक्रमितको संख्या घट्दै « Khabarhub

भारतमा दैनिक कोभिड–१९ संक्रमितको संख्या घट्दै


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा संक्रमित हुनेको संख्या घटेको पाइएको छ ।

सोमबार त्यहाँका २ लाख ८१ हजार ३६८ जना संक्रमित थपिएकामा आज मंगलबार त्यसमा केही कमी आएको छ ।

गएको २४ घन्टा यता मंगलबार बिहान प्राप्त भएको समाचारमा भारतमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार जना मात्र पाइएको बताइएको छ । यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा दुई लाख ६३ हजार ५३३ जना नयाँ संक्रमित भेटिएका हुन् ।सो मन्त्रालयले यहाँ अघिल्लो अप्रिल महिनाको तुलनामा हरेक दिन संक्रमितहरुको संख्या घट्दै गएको देखिएको हो ।

अघिल्लो महिना यहाँ दैनिक कम्तीमा पनि ४ लाख मानिसमा संक्रमण देखिने गरेको थियो ।त्यसैगरी यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीमा गएको २४ घन्टा यता यहाँका ४ हजार ३२९ जनाको कारोना संक्रमणबाट मृत्यु भएको छ ।

मंगलबार सार्वजनिक भएको यो तथ्यांकसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २ लाख ७८ हजार ७१९ जनाको ज्यान गएको पनि बताइएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ५२ लाख २८ हजार ९२९ पुगेको छ ।

भारतमा संक्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन भने नगर्ने जनाएको छ । तर कतिपय शहरमा भने लगाइएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ४ : २७ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग