नागरिकता र राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिन्छ : आयोग « Khabarhub

नागरिकता र राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिन्छ : आयोग


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वागमती प्रदेशमा जेठ ६ गते (बिहीबार) हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा यस अघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायतका कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सक्ने छन् ।

स्थानीय तह निर्वाचन, प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न सकिने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन पनि दिएको छ ।

मौनअवधि पूर्ण पालना होस्

उपनिर्वाचन प्रयोजनका लागि गएराति १२ बजेदेखि निर्वाचन मौन अवधि शुरु भएको छ । आयोगले सो अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने मात्र होइन मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्नेबारे राजनीतिक दल र उम्मेदवारको ध्यानाकर्षण गराएको छ ।

एसएमएस, फेसबुक, भाईवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने तथा उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएकाले आचरण पालना गर्न गराउन आयोगले सबैसँग अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ६ : ०१ बजे

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल