कोरोना संकटमा सेनाको साथ, सहज आपूर्ति र व्यवस्थापनमा जनशक्ति परिचालन « Khabarhub

कोरोना संकटमा सेनाको साथ, सहज आपूर्ति र व्यवस्थापनमा जनशक्ति परिचालन


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अक्सिजन अभावले कोरोना संक्रमितको उपचार प्रभावित भइरहेका बेला सहज आपूर्ति र व्यवस्थापनका लागि नेपाली सेनाले जनशक्ति परिचालन गरेको छ ।

सेनाले कोभिड–१९ व्यवस्थापन तथा सञ्चालक केन्द्र सीसीएमसी, स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयसंगको समन्वय सहकार्यमा अक्सिजन प्लान्टहरूको सञ्चालन तथा अक्सिजन सिलिण्डरहरुको ढूवानी कार्यमा आफ्नो जनशक्ति खटाउने तथा हवाई एवं सडक सवारी साधानको प्रयोग गरेको हो ।

नेपाली सेनाका अनुसार वैशाख २८ गतेदेखि जेष्ट ४ गतेसम्म बारा, सुनसरी, पोखरा, बिराटनगर लगायतका क्षेत्रबाट करिब एक हजार बढी सिलिण्डर हवाई तथा सडक मार्गबाट ढुवानी गरिएको छ । त्यस्तै काठमाडौंको थानकोट, काभ्रेको पनौती, रुपन्देहीको बिभिन्न अक्सिजन प्लान्टमा जनशक्ति खटाइएको सेनाले जनाएको छ । यसबाट अक्सिजन उत्पादन वृद्धि र प्रभावकारी व्यवस्थापन गर्न सहज पुग्ने विश्वास सेनाको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ८ : ०१ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै