कोरोना संकटमा सेनाको साथ, सहज आपूर्ति र व्यवस्थापनमा जनशक्ति परिचालन « Khabarhub

कोरोना संकटमा सेनाको साथ, सहज आपूर्ति र व्यवस्थापनमा जनशक्ति परिचालन


४ जेष्ठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अक्सिजन अभावले कोरोना संक्रमितको उपचार प्रभावित भइरहेका बेला सहज आपूर्ति र व्यवस्थापनका लागि नेपाली सेनाले जनशक्ति परिचालन गरेको छ ।

सेनाले कोभिड–१९ व्यवस्थापन तथा सञ्चालक केन्द्र सीसीएमसी, स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयसंगको समन्वय सहकार्यमा अक्सिजन प्लान्टहरूको सञ्चालन तथा अक्सिजन सिलिण्डरहरुको ढूवानी कार्यमा आफ्नो जनशक्ति खटाउने तथा हवाई एवं सडक सवारी साधानको प्रयोग गरेको हो ।

नेपाली सेनाका अनुसार वैशाख २८ गतेदेखि जेष्ट ४ गतेसम्म बारा, सुनसरी, पोखरा, बिराटनगर लगायतका क्षेत्रबाट करिब एक हजार बढी सिलिण्डर हवाई तथा सडक मार्गबाट ढुवानी गरिएको छ । त्यस्तै काठमाडौंको थानकोट, काभ्रेको पनौती, रुपन्देहीको बिभिन्न अक्सिजन प्लान्टमा जनशक्ति खटाइएको सेनाले जनाएको छ । यसबाट अक्सिजन उत्पादन वृद्धि र प्रभावकारी व्यवस्थापन गर्न सहज पुग्ने विश्वास सेनाको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ८ : ०१ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक