स्वास्थ्य संस्थामा बेड अभाव भए अस्थायी अस्पताल बनाउन सर्वोच्चको आदेश « Khabarhub

स्वास्थ्य संस्थामा बेड अभाव भए अस्थायी अस्पताल बनाउन सर्वोच्चको आदेश


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा अस्थायी अस्पतालको वैकल्पिक व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको इजलासले अस्पताल र स्वास्थ्य संस्थाहरुमा बेडको अभाव भएमा खाली ठाउँ र भवनमा अस्थायी अस्पताल, उपचार केन्द्र बनाइ संक्रमितको उपचार गर्न आदेश दिएको हो ।

अधिवक्ता कृतिनाथ शर्मा पौडेलले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

सर्वोच्च अदालतले त्यस्ता उपचार केन्द्रमा चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरी प्रभावकारी उपचार गर्नु भनी सरकारका नाममा आदेश दिएको छ । स्वास्थ्य विज्ञहरुको सल्लाह सुझाव अनुसार छुट्टै संयन्त्र बनाइ कोरोना नियन्त्रण, रोकथामका लागि व्यवसथा गर्न पनि सर्वोच्चले आदेश दिएको हो ।

त्यसरीगरी खोपको आपूर्ति गरी खोप अभियान सञ्चालन गर्नपनि आदेश दिएको छ । क्वारेन्टाइन, होम आइसोलेनलाई थप प्रभावकारी बनाउन पनि आदेशमा भनिएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ६ : ५० बजे

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा

डाक्टर भन्छन्- लामो समय मोबाइलमा कुरा गर्दा सुन्ने क्षमता कमजोर हुन्छ, कानबाट टाढा राख्नू

बाँके– लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण

बाराबाट हराएकी दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला

बारा– कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई