काठमाडौ उपत्यकालाई ‘माग्ने बुढा’को व्यंग्यः ‘रोगको भण्डार सहर’ « Khabarhub

काठमाडौ उपत्यकालाई ‘माग्ने बुढा’को व्यंग्यः ‘रोगको भण्डार सहर’


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता तथा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ चिनाइरहनुपर्ने नाम होइन् । टेलिफिल्म ‘मेरी बास्सै’बाट ‘माग्ने बुढा’का रुपमा उदाएका केदार पछिल्लो समयमा सफल अभिनेतामा गनिन्छन् ।

उनी निर्माता पनि हुन् । सामाजिक सञ्जालमा उनको सक्रियता राम्रै छ । कहिले भिडियो राखेर त कहिले सामाजिक सन्देशमूलक स्टाटस पोस्ट गरेर उनी आफ्नो सक्रियता बढाइरहेका छन् ।

देश कोभिडको महामारीमा रुमलिएको छ । दैनिक रुपमा संक्रमित बढिरहेका छन् । मृतकको संख्या उस्तै छ । डिस्चार्ज हुने रफ्तार पनि बढ्दो छ ।

यही परिप्रेक्ष्यमा मंगलबार साँझको समयमा उनले एक तस्वीर फेसबुकमा पोस्ट गरेका छन् । सहरको पृष्ठभूमिमा अस्ताउदै गरेको सूर्यको तस्वीर उनले खिचेर फेसबुकमा राखेका छन् ।

‘अवसरको सहर । स्वार्थी सहर । अवसरवादीको सहर । सपनाको सहर । आ–आफ्नै दृष्टिकोण तर अहिले रोगको भण्डार सहर । स्टे सेफ’ उनले लेखेका छन् । उनले ‘फोटो–नव–फोटोग्राफर केदारप्रसाद घिमिरे’ लेखेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ७ : ५० बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले