नेपालमा कोरोनाका तीन किसिमका ‘भेरियन्ट’ पुष्टि « Khabarhub

नेपालमा कोरोनाका तीन किसिमका ‘भेरियन्ट’ पुष्टि


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा तीन किसमको कोरोना भाइरसको ‘भेरियन्ट’ फेला परेको जनाएको छ ।

मन्त्रालयले मंगलबार नयाँ भेरियन्ट पत्ता लगेको सम्बन्धमा अपिल जारी गर्दै नेपालमा तीन किसिमका भेरियन्ट रहेको जनाएको हो ।

देशका विभिन्न भागबाट गत हप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा ‘जिन स्क्विन्सिग’ गरिएकोमा ९७ प्रतिशतमा बी.१.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा बी.१६१७.१ पुष्टि भएको हो ।

यससँगै नेपालमा परिवर्तित भाइरससहित तीन किसिमको भेरियन्ट रहेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरेको थियो ।

हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको मन्त्रालयले जनाएको छ ।

यस्तो छ मन्त्रालयद्वारा जारी अपिल

 

 

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ७ : ४६ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका