कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै तयारीमा जुट्न देउवाको आग्रह « Khabarhub

कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै तयारीमा जुट्न देउवाको आग्रह


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहर आउन सक्ने बताउँदै त्यसको लागि तयारीमा जुट्न सरकारलाई आग्रह गरेका छन् ।

सभापति देउवाले कोरोनाको तेस्रो लहरले बालबालिकामा बढि असर देखिने विज्ञहरुले बताइरहेको संकेत गर्दै केन्द्रदेखि प्रदेशसम्म त्यसबाट बालबालिकालाई जोगाउनका लागि तयारी गर्न सरकारसँग आग्रह गरेका हुन् ।

मंगलबार साँझ उनले सामाजिक सञ्जालमार्फत सो आग्रह गरेका हुन् ।

‘कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालवालिकालाई असर गर्ने विज्ञहरुले बताइरहेका छन्। म सरकारलाई केन्द्र र सातवटै प्रदेशमा बालबालिकाका लागि अस्पतालहरुमा विषेश वार्ड/आइसीयू लगायतको तयारी र १२ वर्षमाथिकालाई खोप शुरु गर्ने प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १० : १५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल