मन्त्रीको संयोजकत्वमा अक्सिजन अनुगमन समिति गठन « Khabarhub

मन्त्रीको संयोजकत्वमा अक्सिजन अनुगमन समिति गठन


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा अक्सिजन अनुगमन समिति गठन भएको छ ।

कोरोना संक्रमितहरुका लागि अक्सिजनको आभाव हुन नदिन मन्त्री यादवको नेतृत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन भएको हो ।

आज सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन समितिको बैठकले मन्त्री यादवको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखहरु रहने गरी समिति गठन गरेको बुझिएको छ ।

समितिले प्रदेश भित्रका अक्सिजन उद्योगहरु बाट दैनिक उत्पादन हुने संख्या र वितरण प्रणालीको अनुमन गर्ने छ ।

यस्तै, बैठकले कोरोना संक्रमितहरुको उपचार भैरहेको प्रदेश भित्रका सरकारी तथा नीजि अस्पतालहरुको अनुगमनका लागी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा विज्ञ समूहसमेत गठन गरेको छ ।

समितिले प्रदेश भित्रका अस्पतालहरुको अनुगमन निरीक्षण गर्नुका साथै अस्पतालहरुलाई दिनुपर्ने सुविधाका सम्बन्धमा प्रदेश सरकारलाई सुझाव दिने छ ।

समितिलाई आवश्यकता अनुसार निजी अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारको व्यवस्था मिलाउनका लागि (आइएमओ) गर्न प्रदेश सरकारमा सिफारिस गर्ने क्षेत्राधिकार दिइएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १० : ३० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल