मन्त्रीको संयोजकत्वमा अक्सिजन अनुगमन समिति गठन « Khabarhub

मन्त्रीको संयोजकत्वमा अक्सिजन अनुगमन समिति गठन


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा अक्सिजन अनुगमन समिति गठन भएको छ ।

कोरोना संक्रमितहरुका लागि अक्सिजनको आभाव हुन नदिन मन्त्री यादवको नेतृत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन भएको हो ।

आज सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन समितिको बैठकले मन्त्री यादवको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखहरु रहने गरी समिति गठन गरेको बुझिएको छ ।

समितिले प्रदेश भित्रका अक्सिजन उद्योगहरु बाट दैनिक उत्पादन हुने संख्या र वितरण प्रणालीको अनुमन गर्ने छ ।

यस्तै, बैठकले कोरोना संक्रमितहरुको उपचार भैरहेको प्रदेश भित्रका सरकारी तथा नीजि अस्पतालहरुको अनुगमनका लागी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा विज्ञ समूहसमेत गठन गरेको छ ।

समितिले प्रदेश भित्रका अस्पतालहरुको अनुगमन निरीक्षण गर्नुका साथै अस्पतालहरुलाई दिनुपर्ने सुविधाका सम्बन्धमा प्रदेश सरकारलाई सुझाव दिने छ ।

समितिलाई आवश्यकता अनुसार निजी अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारको व्यवस्था मिलाउनका लागि (आइएमओ) गर्न प्रदेश सरकारमा सिफारिस गर्ने क्षेत्राधिकार दिइएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १० : ३० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब