कस्तो अवस्थामा पानी पिउँदा हानिकारक हुन्छ ? « Khabarhub

कस्तो अवस्थामा पानी पिउँदा हानिकारक हुन्छ ?


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन कल्पना गर्न सम्म सकिँदैन । तसर्थ हामीले बेलाबेलामा पानी पिइरहनु पर्दछ । तर कतिसम्म र कसरी पानी खाने ?

आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ । त्यही भएर सानो शरीर भएकाहरूले प्रतिदिन ३ लिटर र ठूलो ज्यान भएकाहरूले ४ लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ । यसका साथै निम्न अवस्थामा पानी खानु हुँदैन ।

– कतै बाहिरबाट हिँडेर आउनासाथ
– कुनै काम गर्दा बेस्कन थाकेको बेला
– कुनै व्यायाम वा खेलपछि असिनपसिन भएको बेला
– कुनै पनि कडा शारीरिक श्रम गरेर आउनसाथ
– ओच्छ्यानमा पल्टिएको बेला
– दिसा वा पिसाब गरेर आउनासाथ
– दूध खाइरहेको बेलामा
– चिया खादैँ गरेको बेलामा
– चना खाइरहेको बेलामा
– कुनै पनि भोजन गरिरहेको बेला
– भोजन गरी सक्ने बित्तिकै
– व्रत सकिनासाथ एकै पटक धेरै पानी नपिउने

माथि उल्लेखित अवस्थामा बिर्सेर पनि पानी पिउनु हुदैँन । यसको साटा ति काम गरेको केहि समयपछि र व्रत सकिनासाथ थोरै पानी पिउने र बिस्तारै मात्रा बढाउँदै लानु पर्दछ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ५ : ४५ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले